
१० जेठ,काठमाडौं ।नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरिङ क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग,डिजिटल प्रणालीको विकास तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले “डिजिटल रूपान्तरण तथा नवप्रवर्तन समिति” गठन गरेको छ।
नेपालमा हाल धेरै सार्वजनिक निर्माण तथा पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न नहुने, लागत अत्यधिक वृद्धि हुने तथा परियोजनाहरू निर्धारित गुणस्तर र समयसीमाभित्र सम्पन्न हुन नसक्ने समस्या बढ्दो रूपमा देखिएको समितिको भनाइ छ।
इ.महेश कार्कीको संयोजकत्वमा इ.सुधीर थापा तथा आर्किटेक्ट आरजु माली सहसंयोजक रहेको सो समितिको सदस्य सचिवको जिम्मेवारी इ.यम कृष्ण पोखरेल छन्।
समितिका सदस्यहरूमा इ. प्रियङ्का मल्ल, इ. सचिन बज्राचार्य, आर्किटेक्ट राघव स्याङ्दान,इ. मिलन के.सी., इ. अंकु जैसवाल तथा इ. रवि कुमार शाह रहेका छन् ।
समितिले अध्ययन,अनुसन्धान,तालिम,कार्यशाला तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरि नेपालमा डिजिटल इन्जिनियरिङ संस्कृतिको विकासमा योगदान पुर्याउने उल्लेख गरेको छ।
