‘दान्भी’को ‘मायाको खानी’

काठमाडौं। फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ।

आउँदो असार ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने गीतमा अभिनेत्री पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोमको अभिनय रहेको बताइएको छ।रोमान्टिक शैलीमा तयार पारिएको सो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर छ।भने,अर्जुन पोखरेलको सङ्गीत र प्रदीप प्रखर पोखरेलको शब्द रहेको छ ।

रुपेश तामाङको निर्देशन रहेको उक्त फिल्ममा पवन राना मगर कार्यकारी निर्माता हुन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु,पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा भएको जनाइएको छ।

फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद,रविना थापा मगरको कथा,बन्दे प्रसादको सम्पादन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।