विद्या भण्डारीलाई केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न भने : बर्तौला

काठमाडौँ ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रीय कमिटीका नेताहरूले राखेको बताएका छन्।

केन्द्रीय कमिटीको आजको समापन बैठकमा सहभागी उनले मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गरेका उनले बताए।