ताजा अपडेट

नेपाली नारीको महान् पर्व हरितालिका तीजको आज दर खाने दिन

नेपाली नारीको महान् पर्व हरितालिका तीजको आज दर खाने दिन

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२८ भदौं ,काठमाडौं । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । विशेषगरी माइतीले छोरीचेलीलाई बोलाएर दर खुवाउने परम्परा छ ।भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मीठा परिकार दरका रूपमा खाने गरिन्छ । तीजलाई महिलाहरूले वर्षभरिका दुःख, पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन्। जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ । विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय विभिन्न देशहरुमा समेत मनाउन थालिएको छ । आइतबार दर खाएपछि सुरु हुने यो पर्व ऋ...
रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित

कृषि, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
२८ भदौं,पोखरा ।रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। शनिबार भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। समितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई,द्वितीय उपाध्यक्षमा योगेश भट्टराई,महासचिवमा वीरेन्द्र शेरचन निर्वाचित भएका छन्।यस्तै,सचिवमा रोशन जंग कार्की,कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा निर्वाचित भए। वैभव पौडेल,भीष्म राज पौडेल,लोकेश ढकाल,कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिल बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने सदस्य पदमामा निर्वाचित भएका छन् ।...
काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२८ भदौ, काठमाडौं ।खाना पकाउने ग्यास सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले ग्यास सजिलै पाउन नसकेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय,काठमाडौंले चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै कुनै बिक्रेताले ग्यास लुकाएको वा स्टक भएर पनि बिक्री नगरेको जानकारी प्राप्त भएमा तत्काल खबर गर्न उपभोक्तालाई आग्रह गरेको छ। यस्तो गतिविधि देखिएमा जिल्ला प्रशासन कार्यालय,काठमाडौंका सूचना अधिकारीको फोन नं ९८५१३३८३२२  मा जानकारी दिन भनिएको छ। प्रशासनले जिल्लाभर नै ग्यासको आपूर्ति र वितरणमा अनुगमन गरिरहेको छ । तोकिएको मूल्यभन्दा बढी रकम लिनेलाई पनि कालोबजारीसम्बन्धी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रसाशनले स्पष्ट पारेको छ।...
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने

जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२४ भदौ,काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ मा जलेको घरबाट सम्बोधन गर्ने भएका छन्। भक्तपुरको बालकोटबाट अध्यक्ष ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने एमालेका नेता निरोज पौडेलले जानकारी दिए । आन्दोलनका क्रममा विध्वंस फैलँदै गएपछि ओलीले भदौ २४ गते नै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।राजीनामा पछि उनी सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण भएका थिए ।  ...
माइतीघरमा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार

माइतीघरमा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार

ताजा अपडेट, ब्यानर-२, समाचार
२४ भदौ, काठमाडौं । माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार गरिएको छ। मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षिया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी थिइन्। प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि उनलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसपी दान बहादुर थापाले बताए।  युवतीलाई ट्रमा सेन्टर पठाइएको छ।  घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।...
संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी,उद्धार,पुनर्स्थापना,राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् । संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न सांसदहरुले विभिन्न विधेयक पनि ’ प्रस्तुत गर्ने कार्यसूची छ ।...
बाढीपछि बन्द रहेका विद्यालय दुई सातापछि खुल्दै

बाढीपछि बन्द रहेका विद्यालय दुई सातापछि खुल्दै

जीवनशैली, ताजा अपडेट, वातावरण, शिक्षा, समाचार, स्थानीय
२२ भदौ,काठमाडौं ।भदौ १० को विनाशकारी बाढीपछि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका विद्यालयहरू बुधबारबाट खुल्ने भएका छन्। आइतबार बसेको नगर कार्यपालिका बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलका अनुसार अस्थायी आवास केन्द्रको रूपमा उपयोग गरिएका र पूर्ण रूपमा क्षति भएका बाहेकका विद्यालयहरू अब नियमित सञ्चालनमा ल्याइने भएको हो ।  ...
नारायणगढ–मुग्लिन सडक आजदेखि आंशिक बन्द

नारायणगढ–मुग्लिन सडक आजदेखि आंशिक बन्द

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२२ भदौ,काठमाडौं ।नारायणगढ–मुग्लिन सडक खण्ड आज सोमबार बिहानदेखि आंशिक बन्द हुने भएको छ । तुइन खोला परिसरमा पहिरो रोकथाम कार्य गरिने भएकाले सवारी आवागमनमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको चितवन प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।‘ धादिङको कृष्णभिरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने छ ।‘  सूचनामा उल्लेख छ। नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे,१०ः३० बजेदेखि ११ बजे,दिउँसो १ बजेदेखि १ः३० बजे,३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ । तोकिएको समयमा बाहेक अन्य समयमा सवारी रोक्न बाध्य भइने जनाइएको छ ।...
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
२२ भदौ,काठमाडौं । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज सोमबार राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८ मा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी अहिलेसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको तथ्यांक छ । ४ हजार ९९६ जना सम्पर्कविहीन छन्। ६ हजार ८३ जना घाइते  छन् । खोज,उद्धार तथा राहतका लागि २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन भएका छन्। बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्ममा १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको तथ्यांक छ।...
गृहमन्त्री गुरुङले गराए स्वास्थ्य परिक्षण

गृहमन्त्री गुरुङले गराए स्वास्थ्य परिक्षण

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्वास्थ्य
२१ भदौ, काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले नेपाली सेनाको अस्पतालमा स्वास्थ्य परिक्षण गराएका छन् । उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो ।साथै खुट्टामा समस्या देखिएको थियो । गुरुङका निजी सचिव जेम्स कार्कीले भने, ‘तीन चार दिनदेखि रुघाखोकी लागेको थियो । खुट्टामा समस्या थियो । अस्पतालमा घाइतेलाई भेट्न जाँदा चेकजाँच गराउनुभएको थियो । चेकजाँचपछिअस्पतालबाट उहाँ फर्किसक्नुभएको छ ।’...