ब्यानर-१

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
१२ कात्तिक, काठमाडौं । आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो। जारी सूचना अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ । यसैगरी वर्ग २ अर्थात मिनी बस, मिनी टिपर र ट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने जनाइएको छ। वर्ग ४ अर्थात मल्टी एक्सल ट्रकरसवारी साधन, भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ ।...
रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकियो,रक्तदान गर्न आह्वान

रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकियो,रक्तदान गर्न आह्वान

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
११ कात्तिक,काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग बढ्दै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएको छ । रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका युवायुवतीलाई रक्तदान गर्न डा.यादवले अनुरोध गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको छ।...
चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
१० कात्तिक,काठमाडौं ।सरकारले चलचित्र निर्माणका लागि विभिन्न विधामा साढे तीन करोड रुपैयाँसम्मको अनुदान दिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै यसका लागि आवेदन दिन आह्वान गरेको छ । सूचना जारी भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न यो विशेष अनुदान दिन लागिएको हो।यसले स्थानीय कला, संस्कृति, रहनसहन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत भइसकेको छ । चलचित्र निर्माण गर्न तोकिएको मापदण्ड पूरा गरी आवेदन दिन सकिने छ । एउटा चलचित्र निर्माणका लागि पटकथा लेखन,प्रोडक्सन र पोस्ट प्रोडक्सनमा छुट्टाछुट्टै अनुदान प्राप्त गर्न सकिनेछ । यस हिसाबले एउ...
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
९ कात्तिक,काठमाडौँ । सरकारले यही कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको  छ ।  आर्थिक वर्ष २०८३–०८४ को  पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष दसैँ परेकोले कात्तिकको १७ र १८ गतेलाई सारिएको हो ।  भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । यस पटक सबै क्षेत्रमा गरि करिब २१ लाख बालबालिलाई भिटामिन ‘ए’ र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारी तथ्यांक छ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाएको छ। बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन सुरु गरिएको हो ...
आज बडा दशैं : टीका लगाउँदा कता फर्किने ? देवी विसर्जनको साइत कति बजे ?

आज बडा दशैं : टीका लगाउँदा कता फर्किने ? देवी विसर्जनको साइत कति बजे ?

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
४ कात्तिक, काठमाडौं ।बडादशैं अर्थात विजया दशमीको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । यसको उत्तम साइत १० बजेर २६ मिनेट रहेको छ ।  विकास समितिले दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ। दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ ।सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ । दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशको जल अभिषेक गरी इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । अनि दैलामाथि टीका लगाउने गरिन्छ । ...
दसैँमा काठमाडौँमा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

दसैँमा काठमाडौँमा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३ कार्तिक,काठमाडौँ। बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। दसैँमा सार्वजनिक यातायात सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका तीनवटा रुटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरिएको हो। प्रहरीले उपलब्ध गराएको पहिलो रुटको बस नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ।  दोस्रो रुटको बस नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एअरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार भएर पुनः नक्साल पुग्नेछ। त्यसैगरी तेस्रो रुटको बस नक्सालबाट सुरु भएर सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसप...
बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको बढाइँ

बसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती, टुँडिखेलमा सेनाको बढाइँ

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३१ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको हो । गोरखा दरबारले बिहान बाजागाजासहित डोलीमा राखेर फूलपाती पठाएको थियो । नेपाली सेनासहितको टोलीले सो फूलपाती हनुमानढोका भित्राएपछि दशैंको रौनक बढेको छ । यसैबीच दशैंको फूलपातीको अवसरमा काठमाडौंस्थित टुँडिखेलमा नेपाली सेनाले बढाइँ गरेको छ । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ । फूलपाती बढाईं समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दशैंघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।  ...
विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री

विपद्का घाउमा मलम लगाउँदै समृद्धिको बाटोमा अघि बढ्छौं : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, समाचार
३१ असोज, काठमाडौं । प्रधानमन्त्री बलेन्द्र शाहले सबैलाई बडादसैँको शुभकामना दिएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले रसुवा,नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले भनेका छन्, ‘ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको पनि उनले उल्लेख गरेका छन् । प्रधानमन्त्रीले दसैँलाई धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको एकता तथा आत्मीयताको पर्वका रूपमा चित्रण गरेका छन्। परिवार र आफन्तसँग भेटघाट गर्ने, ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई बलियो बनाएक...
नवरात्रको छैटौं दिन,आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै

नवरात्रको छैटौं दिन,आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३० असोज,काठमाडौं ।आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । धर्म शास्त्रीहरूका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ । यज्ञ–यज्ञादि,दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ । कात्यायनीको उपासनाबाट रोग,शोक,सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको जनविश्वास छ । नवरात्रका अवसरमा काठमाडौं उपत्यकाका विशेषगरि भद्रकाली,नक्शाल,मैतीदेवी,दक्षिणकाली,गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा पूजा गर्नेहरुको घुँइचो लाग्ने गर्दछ। मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन् ।...
सिड्नी विमानस्थलमा कर्मचारीको हडताल

सिड्नी विमानस्थलमा कर्मचारीको हडताल

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
२९ असोज,काठमाडौं ।विमानस्थलमा सुरक्षा जाँचको जिम्मेवारी सम्हाल्दै आएका सर्टिस् कम्पनीका सयौँ कर्मचारीले तलब र रोजगारीका सर्तबारे विवाद जारी रहेपछि अक्टोबर १६ शुक्रबार हडताल गर्ने घोषणा गरेका छन्। ट्रान्सपोर्ट वर्कर्स युनियनका अनुसार हडताल बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म हुनेछ। यो हडताल घरेलु तथा अन्तर्राष्ट्रिय टर्मिनलमा लागु हुने बताइएको छ। कर्मचारीहरूले पूर्णकालीन रोजगारीका अवसर बढाउन,कामको तालिका न्यायोचित बनाउन र आंशिक समय काम गर्ने कर्मचारीको कार्यघण्टा कटौती रोक्न माग गरेका छन्। सिड्नी विमानस्थलबाट शुक्रबार यात्रा गर्ने यात्रुले सुरक्षा जाँचमा सम्भावित ढिलाइको सामना गर्नुपर्ने  देखिएको छ ।...