बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई मनोसामाजिक परामर्श
६ असोज,काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज,उद्धार, शव व्यवस्थापन तथा राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई सशस्त्र प्रहरी बल नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श गरेको छ।
सशस्त्र प्रहरी बलको मनोवैज्ञानिक अध्ययन तथा मनोपरामर्श सेवा इकाइको समन्वयमा असोज ४ गते उद्धारकर्तासहित बाढी प्रभावित स्थानीय,कारागारमा रहेका कैदीबन्दी तथा होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई परामर्श दिइएको हो।
मनोविमर्शकर्ता सेजल गेलाल, काउन्सिलिङ साइकोलोजिस्ट करिश्मा काफ्ले र सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु विक्रम शाहसहितको टोलीले रसुवा र नुवाकोटका विभिन्न स्थानमा पुगेर मनोसामाजिक आवश्यकता पहिचान तथा परामर्श प्रदान गरेको थियो।
भदौ १० गतेदेखि रसुवाको धुन्चे,टिमुरे,स्याफ्रुबेँसी तथा नुवाकोटको बेत्रावती, त्रिशूली बजार, ढुंगेबजारलगायत क्षेत्रमा सुरक्षाकर्मी खोज तथा उद...









