स्थानीय

बाढीपछि बन्द रहेका विद्यालय दुई सातापछि खुल्दै

बाढीपछि बन्द रहेका विद्यालय दुई सातापछि खुल्दै

जीवनशैली, ताजा अपडेट, वातावरण, शिक्षा, समाचार, स्थानीय
२२ भदौ,काठमाडौं ।भदौ १० को विनाशकारी बाढीपछि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका विद्यालयहरू बुधबारबाट खुल्ने भएका छन्। आइतबार बसेको नगर कार्यपालिका बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलका अनुसार अस्थायी आवास केन्द्रको रूपमा उपयोग गरिएका र पूर्ण रूपमा क्षति भएका बाहेकका विद्यालयहरू अब नियमित सञ्चालनमा ल्याइने भएको हो ।  ...
सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
१७ भदौ,काठमाडौं । भदौ १० गतेको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको सो प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्ला तथा धादिङ,गोर्खा र चितवनलाई मध्यम प्रभावितमा सूचीकृत गरेको छ। मृत्यु र बेपत्ता नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण  हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी मृत्यु चितवनमा ३२१ जनाको भएको छ भने नवलपरासी पूर्वमा २१६,नवलपरासी पश्चिममा १७०,नुवाकोटमा ९५,गोर्खामा ६५,धादिङमा ५५,तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ। देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त ...
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य
१४ भदौं,काठमाडौं।बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा शनिबारसम्म रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ। कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा शनिबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ । यस्तै,हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले जारी गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्...
रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय, स्वास्थ्य
१० साउन,काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले २०० वटा फलफूलका बिरुवा रोपेको छ । “आजको एउटा बिरुवा,भोलिको सुन्दर भविष्य।” भन्ने नाराका साथ हरिशयनी एकादशीको अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनको सन्देश दिन क्लबले काठमाडौंको तारकेश्वर नगरपालिका ५, तिनपिप्लेमा ४ वटा रोट्¥याक्ट कलबसँगको सहकार्य र ग्रीन भ्याली ग्रीन नेपालसँगको समन्वयमा शनिबार सो वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको क्लब प्रेजिडेन्ट सीता पौडेलले जानकारी दिइन् । प्रेजिडेन्ट पौडेलका अनुसार रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालित राष्ट्रव्यापी  “१ लाख बिरुवा रोपण अभियान ” लाई समेत सफल पार्न क्लबले अम्बा,अमला,लप्सी,जामुन,अबोगाडो लगायतका विभिन्न प्रजातिका फलफूल र ज्याक्राण्डा,तेजपत्ता,कपुर,चाँप,कल्की,पारिजात लगायतका फुल तथा वनस्पतिजन्य २०० वटा विरुवा रोपेको हो। सो वृक्षारोपणमा रोटेरियन,रोटर्याक्टर र स्थान...
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं)  घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिएको र घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले लेखा अधिकृतलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ।  अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ ।  ...
समाखुशीमा पर्खाल भत्किएपछि जोखिमयुक्त स्थानलाई जोखिम मुक्त बनाउन पहल

समाखुशीमा पर्खाल भत्किएपछि जोखिमयुक्त स्थानलाई जोखिम मुक्त बनाउन पहल

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
२२ असार,काठमाडौं । शनिबार राती परेको पानीले काठमाडौं महानगरपालिका वडा नं. ३ सामाखुसी खोला चिरायु अस्पताल र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नजिक पर्खाल भत्काएपछि ८ वटा घर जोखिममा परे। घरलाई जोखिममुक्त बनाउन महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेल नेतृत्वको टोलीले जोखिमयुक्त स्थानलाई जोखिममुक्त बनाएको छ। कल्भर्टबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएपछि ।तत्काल ८ घर जोखिममा देखिएका छन् । महानगरपालिकाले विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बल सम्मिलित क्यूआरटी (क्वीक रेस्पोन्स टीम)ले प्रतिकार्यका लागि वडाको विपद व्यवस्थापन समितिलाई सक्रिय बनाइएको विभागका प्रमुख अनिरुद्र नेपालले बताए । स्थानीयका अनुसार यहाँ ढल निकासको क्षमता कमजोर हुनुका साथै बर्खाको पानीले प्लास्टिक,बालुवा, माटो बगाएर ल्याएपछि नदी जाम हुनुे समस्या छ ।  ...
बजेट नल्याउने स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सोध्यो स्पष्टीकरण

बजेट नल्याउने स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सोध्यो स्पष्टीकरण

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
१८ असार,काठमाडौं । भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति,कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले पत्रमार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो । पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय ९बजेट० १० असारभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।  ...
नेपाल रेडक्रसले भन्यो- दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नुस्

नेपाल रेडक्रसले भन्यो- दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नुस्

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्थानीय
१६ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सांगठनिक सुधारका लागि भन्दै राजनीतिक दलमा आबद्ध भए रेडक्रसको सदस्यता त्याग्न आह्वान गरेको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबार एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । नेपाल रेडक्रस विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा रहेको बताउँदै रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था रहेको बताइएको छ । ‘नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनि बेला बखत विभिन्न सरोकारवालाहरूबाट टिप्पणी भएको अवस्था छ,’ अनुरोधमा भनिएको छ, ‘साथै, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको वैधानिक निकायले प्रतिबन्ध लगाउने सम्मको नीति अख्तियारी गरेको कुरा विदितै छ ।’ यस्तै नेपाल रेडक्रसको विधानमा ‘सक्रिय राजनीतिमा संलग्न भई र...
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
१२ असार,ललितपुर ।ललितपुर महानगरपालिकाले जावलाखेलमा एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ। मेलामा सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित भएको आयोजकको भनाइ छ । सीपयुक्त जनशक्ति र रोजगारदातालाई एउटै थलोमा भेट गराउने उद्देश्यले महानगरले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। रोजगार मेलामा विभिन्न क्षेत्रसँग सम्बन्धित स्टलहरू राखिएका छन्।एआई,क्राफ्टिङ,मोटरसाइकल मर्मत तथा कुकिङ लगायतका विविध सीपमूलक क्षेत्रका स्टलहरू समावेश छन्। मेलामा अवलोकनकर्ताहरूले विभिन्न सीप र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिइरहेका थिए।...
सेवाग्राहीको घरमै राहदानी

सेवाग्राहीको घरमै राहदानी

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
८ जेठ,महेन्द्रनगर । कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पुर्‍याउन थालिएको छ। सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ। घर ठेगानामै राहदानी पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो। हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पुर्‍याउन थालिएको जानकारी दिए। प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने प्रमुख पाण्डेयले बताए  ।...