
१० साउन,काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले २०० वटा फलफूलका बिरुवा रोपेको छ ।
“आजको एउटा बिरुवा,भोलिको सुन्दर भविष्य।” भन्ने नाराका साथ हरिशयनी एकादशीको अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनको सन्देश दिन क्लबले काठमाडौंको तारकेश्वर नगरपालिका ५, तिनपिप्लेमा ४ वटा रोट्¥याक्ट कलबसँगको सहकार्य र ग्रीन भ्याली ग्रीन नेपालसँगको समन्वयमा शनिबार सो वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको क्लब प्रेजिडेन्ट सीता पौडेलले जानकारी दिइन् ।

प्रेजिडेन्ट पौडेलका अनुसार रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालित राष्ट्रव्यापी “१ लाख बिरुवा रोपण अभियान ” लाई समेत सफल पार्न क्लबले अम्बा,अमला,लप्सी,जामुन,अबोगाडो लगायतका विभिन्न प्रजातिका फलफूल र ज्याक्राण्डा,तेजपत्ता,कपुर,चाँप,कल्की,पारिजात लगायतका फुल तथा वनस्पतिजन्य २०० वटा विरुवा रोपेको हो।

सो वृक्षारोपणमा रोटेरियन,रोटर्याक्टर र स्थानीयहरुको सक्रिय सहभागिता रहेको पनि उनले बताइन्। क्लब माताहतका चार रोटर्याक्ट क्लबहरुमा रोटर्याक्ट क्लब अफ काठमाडौं नर्थ,रोटर्याक्ट क्लब अफ काठमाडौं मेडिकल कलेज,रोटर्याक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेज र रोटर्याक्ट क्लब अफ रिलायन्स कलेज थिए ।
प्रेजिडेन्ट पौडेलले वृक्षारोपणबाट वातावरण संरक्षण र हरियाली प्रवद्र्धनसँग जलवायू परिवर्तनको असरलाई समेत न्युनिकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको स्पष्ट पारिन् । भावी पुस्ताका लागि स्वच्छ र दिगो भविष्य निर्माण गर्न पनि यस्ता कार्यक्रमले टेवा पु¥याउने उनको भनाइ थियो ।

सो अभियान अन्तर्गत यस वर्ष रोटरी डिष्ट्रिक्टले फेलेक्स ब्यानरहरु समेत वातावरण अनुकुल नरहेकाले सोको प्रतिबन्ध लगाउन मताहतका क्लबमा ब्रान्डिङ निर्देशन जारी गरेको थियो ।सोही बमोजिम क्लबले फेलेक्स ब्यानरको सट्टा डिजिटल ब्यानर,रोटरी लोगो अंकित टिसर्ट,क्याप लगातका पब्लिक इमेज ब्रान्डिङ सामाग्रीहरु प्रयोग गरेको कल्बका पाष्ट प्रेजिडेन्ट तथा मेन्टोर गोपालराज पोखरेलले बताए ।


वृक्षारोपणपश्चात क्लबको १४०३ औं नियमित साप्तिाहिक बैठक संचालन गर्दै प्रेजिडेन्ट पौडेलले विरुवाको रेखदेखको लागि क्लबले स्थानीयहरुलाई जिम्मा दिएको र क्लबको तर्फबाट नियमित अनुगमन र रेखदेखमा समेत योगदान रहने प्रतिबद्धता जाहेर गरिन् ।
उनले भनिन्,“आज हामीले रोपेका यी २०० बिरुवा केवल रुख होइनन्,भविष्यका लागि आशा,स्वच्छ वातावरण र दिगो विकासका आधारस्तम्भ हुन्।बिरुवा रोप्नु मात्रै पर्याप्त हुँदैन,त्यसलाई हुर्काएर हरियालीमा रूपान्तरण गर्नु नै हाम्रो वास्तविक जिम्मेवारी हो।अभियानलाई हामी यस्तै दीर्घकालीन र परिणाममुखी सेवामार्फत जीवन्त बनाउँदै जानेछौं।”उनले भनिन्।

वृक्षारोपणमा स्थानीय समुदाय तथा स्वयंसेवकहरूले स्वस्फूर्त श्रमदान गरेको पाष्ट प्रेजिडेन्ट डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।रोटरीको मानवीय तथा सामाजिक विकासका ७ प्रमुख क्षेत्रहरु मध्येको वातावरण संरक्षण र प्रवद्र्धनको क्षेत्रलाई समेटेर क्लबले विगत लामो समयदेखि चितवनको जमुनापुर र काठमाडौंको रानीवारी,भक्तपुरको कलामसी लगायतका विभिन्न ठाउँहरुमा हरेक वर्ष वृक्षारोपण गर्दै आएको पनि उनले बताए ।


कार्यक्रममा रोटरी क्लब अफ काठमाडौं नर्थका पाष्ट प्रेजिडेन्ट तथा टीआरएफ चेयर गौतम प्रसाद खनालले वृक्षारोपण केवल एकदिने कार्यक्रम मात्र नभई भावी पुस्ताप्रतिको उत्तरदायित्व र जिम्मेवारी भएको बताए।
यस्तै अभियानबाट वातावरणीय सन्तुलन कायम गर्नुका साथै जलवायु परिवर्तनको असर न्यूनीकरण,जैविक विविधताको संरक्षण,स्वच्छ हावा,माटो संरक्षण तथा भविष्यमा स्थानीय समुदायलाई फलफूलबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको पाष्ट प्रेजिडेन्ट तथा क्लब एडमिन चेयर गणेश पौडेलले बताए।
रोटरी क्लब अफ काठमाडौं नर्थले आगामी दिनमा पनि वातावरण संरक्षण,समुदाय विकास तथा दिगो सेवा परियोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस रोटरी वर्ष २०२६ –२०२७ का लागि क्लबले शिक्षा,स्वास्थ्य,जलवायु परिवर्तन,वातावरण संरक्षण तथा प्रवद्धन,सामुदायीक विकास,युवा तथा महिलाहरुको क्षमता अभिवृद्ध,सदस्यता बृद्धि तथा रोटरीको पब्लिक इमेजलाई उच्च प्राथकिकतामा राखेर सेवा परियोजनाहरु संचालन गर्ने रणनीति अपनाएको जनाएको छ ।


