समाचार

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१८ कात्तिक, काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०८२’ आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट रीललाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ ।नेपालको मौलिक कला, संस्कृति, परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने श्रृंखलाअन्तर्गत यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागीले कुकुर तिहारसम्बन्धी मौलिक र रचनात्मक भिडियो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गरी गुगल ड्राइभ लिंक photonepa@ntb.org.np मा पठाउनुपर्नेछ । कसरी सहभागी हुने ? यदि तपाईं इच्छुक हुनुहुन्छ भने तपाईंले कुकुर तिहारसँग सम्बन्धित भिडियो बनाउनुपर्नेछ । यो भिडियो तपाईंको मौलिक हुनुपर्नेछ । साथसाथै रचनात्मक पनि । सो भिडियो रील तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्नुपर्नेछ । पोस्टसँगै अंग्रेजीमा #NepalTourism, #KukurTihar...
एआई तालिमका लागि ६८ हजारको आवेदन

एआई तालिमका लागि ६८ हजारको आवेदन

ताजा अपडेट, ब्यानर-२, समाचार
१८ कात्तिक, काठमाडौं  । दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिममा ६८ हजारभन्दा बढी आवेदन परेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टर्सिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयक अनलाइन तालिममा अपेक्षाभन्दा धेरै आवेदन परेको हो। आवेदक धेरै परेपनि अब सबै आवेदकलाई सहभागी गराइने भएको छ। तालिमका लागि पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका थिए। सुरुमा कात्तिक १८ र १९ गते चार वटा सत्रमा प्रतिसत्र ५०० जनाका दरले दुई हजारलाई तालिम दिने योजना थियो। तर, आवेदकको संख्या बढेपछि सबैलाई तालिममा सहभागी गराउने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ। आवेदन दिएका व्यक्तिलाई कक्षा सुरु हुनुभन...
यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक

यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक

ताजा अपडेट, ब्यानर-१, समाचार
१८ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरेको हो । समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । निर्धारित तिथिअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ । यस्तै कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ ।...
ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी

ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई  गाभ्ने प्रक्रिया अघि बढाएको बताएको छ । निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रममा विभिन्न नाम र ब्रान्डका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो । हाल विभिन्न ब्रान्डका ५८ ग्यास उद्योग सञ्चालनमा छन् । यसै सन्दर्भमा निगमले १२ कात्तिकमा  सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । यो निर्णयले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा  गरिएको छ ।...
भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६ कात्तिक, काठमाडौं । भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।हाल भारत सरकारले अग्निपथ योजना ल्याएपछि गोर्खा भर्ती बन्द छ । यसअघि १२ अगस्ट २०२६ मा पोखरामा पूर्वगोर्खा सैनिक र युवाहरूले भर्ती खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए ।यसैगरी १९ अगस्ट २०२६ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेलामा पनि पूर्वगोर्खा सैनिकहरूले भर्ती खुलाउन पहल गर्न आग्रह गरेका थिए । उनीहरुले पूर्व गोर्खा सैनिकको संस्था वा संगठन दर्ता नवीकरण गर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।  ...
प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६ कार्तिक, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशहरुमाथि तत्काल छानबिन गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै नैतिकता र आचारसंहिता उल्लंघनको आरोपमा नाम जोडिएका न्यायाधीशहरुमाथि छानबिन हुनुपर्ने बताएको हो । त्यस्तै ट्रान्सपरेन्सीले सञ्चारमाध्यमका समाचारहरुमा जोडिएका र आफूले स्पष्टीकरण दिएका न्यायाधीशहरूले इमान्दारिता प्रदर्शन गरी प्रश्नहरुको समाधान नभएसम्म न्यायसम्पादनको काममा संलग्न नहुन सुझाव दिएको छ । विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष,बिचौलिया वा प्रभावकारी व्यक्तिहरुसँग भेट्नु वा सम्पर्कमा आउनु आचारसंहिताका दृष्टिकोणले उचित नहुने भन्दै उसले यस्तो अवस्थामा छानबिन अघि बढाउनुपर्ने भनेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विज्ञप्तिमा भनेको छ, ‘उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रह...
मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१२ कात्तिक, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण छ । कृषि तथा पशु विकास प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ रु २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ रु ९१ करोड ९० लाख ९१ हजार बराबरको उत्पादन भएको छ । मुस्ताङमा हाइब्रिड र स्थानीय जातका स्याउ गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । यस वर्ष रु ९४ करोड ८० लाख ९२ हजार बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने जनाइएको छ ।यस्तै, रु १७ करोड ५६ लाख बढीको स्याउ जिल्ला भित्रै खपत भएको छ । जिल्लामा हाइब्रिड स्याउ प्रतिकेजी रु २४० र स्थानीय ...
१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
१२ कात्तिक, काठमाडौं । आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो। जारी सूचना अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ । यसैगरी वर्ग २ अर्थात मिनी बस, मिनी टिपर र ट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने जनाइएको छ। वर्ग ४ अर्थात मल्टी एक्सल ट्रकरसवारी साधन, भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ ।...
सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
११ कात्तिक, काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टानले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ । टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो । टानले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिन भूभागमा प्रवेश गरी कात्तिक १२ गते रातिबाट नेपालमा समेत प्रभाव सुरु हुने भन्दै सतर्कता अपनाउन भनेको छ । यही कात्तिक १३ र १४ गते चक्रवातको प्रभावका कारण तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न भागमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमप...
रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकियो,रक्तदान गर्न आह्वान

रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकियो,रक्तदान गर्न आह्वान

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
११ कात्तिक,काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग बढ्दै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएको छ । रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका युवायुवतीलाई रक्तदान गर्न डा.यादवले अनुरोध गरेका छन् । नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको छ।...