भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

१६ कात्तिक, काठमाडौं । भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।हाल भारत सरकारले अग्निपथ योजना ल्याएपछि गोर्खा भर्ती बन्द छ ।

यसअघि १२ अगस्ट २०२६ मा पोखरामा पूर्वगोर्खा सैनिक र युवाहरूले भर्ती खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए ।यसैगरी १९ अगस्ट २०२६ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेलामा पनि पूर्वगोर्खा सैनिकहरूले भर्ती खुलाउन पहल गर्न आग्रह गरेका थिए ।

उनीहरुले पूर्व गोर्खा सैनिकको संस्था वा संगठन दर्ता नवीकरण गर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।