साहित्य

डा. नवराज लम्सालको ‘कल्प’को कतारमा चर्चा

डा. नवराज लम्सालको ‘कल्प’को कतारमा चर्चा

कला, मनोरन्जन, शिक्षा, समाचार, साहित्य
६असोज,महाकाव्य ‘कल्प’को कतारमा समेत चर्चा गरिएको छ । लम्सालको कल्प छलफलमा साक्षी बनेर पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति उनले कतारमा स्वयं उपस्तित भई एक समारोहमार्फत आभार व्यक्त गरे। उनले हस्ताक्षर भएको प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्ने बताएका छन्। नेपाली महाकाव्य लेखनमा आफ्नो विशेष पहिचान बनाएका डा. लम्साल ‘अग्नि’ महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन्। रेडियो नेपालको जागिर छोडेर लेखनमा सक्रिय लम्सालले ‘कल्प’लाई आफ्नो मस्तिष्क निचोरिएको कृति भनेका छन्। यो महाकाव्यलाई उनको वैश्विक चेतनाले भरिएको एक उच्चस्तरको कृति मानिएको छ।शिखा बुक्सले प्रकाशन गरेको यस महाकाव्यसहित डा। लम्सालका हालसम्म चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रह गरी जम्मा नौ पुस्तक प्रकाशित छन्।...
सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

ताजा अपडेट, ब्यानर-१, साहित्य
२८ भाद्र,काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ । जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् । राष्ट्रपतिको कार्यालयले जनाए अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने छ । मन्त्री बन्नेहरूको नाम फाइनल हुँदैछ ।  ...
संसद विघटन गर्न राष्ट्रपतिलाई सागर ढकाल र  बालेन शाहाको आग्रह,अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन

संसद विघटन गर्न राष्ट्रपतिलाई सागर ढकाल र बालेन शाहाको आग्रह,अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन

ताजा अपडेट, ब्यानर-२, साहित्य
 २६, भदौ काडमाडौं ।संसद विघटन गर्न राष्ट्रपतिलाई बालेन शाहा र सागर ढकालले आग्रह गरेकाका छन् । साथै उनिहरु दुबैले अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत सुझाब दिएका हुन् । यस्तो छ उनीहरुले उल्लेख गरेको सुझाब : जेन जिहरूलाई सागर ढकालको सुझाब : प्रिय जेन जिका साथीहरू अबको बाटो १ देखि १० ९२०८३ को वैसाखमा हजुरकै युवा प्रधानमन्त्री हजुरहरूलाई मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्छु भनेको थिए। त्यस बमोजिम आज बिहान हामीले प्रस्ताव गरेको सुशीला कार्की ज्युमा बालेन जिले पनि समर्थन गरेपश्चात् आम सहमति हुने देखियो। अब गर्नु पर्ने कदमहरू यस प्रकार छन्ः १)ढिला नगरी राष्ट्रपतिलाई संसद् विघटन गर्न भन्ने २) सुशीला कार्कीलाई हजुरहरूका माग अनौपचारिक रूपमा राख्ने । सुशीला कार्की र हजुरहरू सहमत भएको ड्राफ्ट फाइनल गर्ने । ३) त्यो ड्राफ्ट हजुरहरूले फ...
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा नाट्यकर्मी एवम् साहित्यकार पुरु लम्साल सम्मानित

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा नाट्यकर्मी एवम् साहित्यकार पुरु लम्साल सम्मानित

ताजा अपडेट, ब्यानर-१, साहित्य
सीता पौडेल ( अर्चना) १० जेठ,काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले नाट्यकर्मी एवम् साहित्यकार पुरु लम्साललाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार वरिष्ठ संगीतकार एवम् लेखक बुलु मुकारुङको प्रमुख आतिथ्यतामा काठमाडौं स्थिति घट्टेकुलो विकास समाजको सभाहलमा ‘स्रष्टा सम्मान तथा सृजना बाचन समारोहको आयोजना गरेर नाट्यकर्मी लम्साललाई सम्मान गरेको हो । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँले बहुप्रतिभाशाली लम्साललाई प्रतिष्ठानद्दारा ‘विश्व नेपाली ऋषि रंगमञ्च शीर्ष सम्मान एवं पुरस्कार—२०८१’ अर्पण गरेको बताउनुभयो । उहाँका अनुसार लम्साललाई ११ हजार १ सय ११ रुपैंयाँ नगद राशीसहित कदर पत्रले सम्मान गरिएको थियो । समारोहमा संस्थाका अध्यक्ष प्रसाइँले प्रतिष्ठानको एैतिहासिक पृष्ठभूमी केलाउनुका साथै संस्थाले नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि स्थापना...
नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

ताजा अपडेट, वातावरण, समाचार, साहित्य
३, वैशाख काठमाडौं । नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात् उक्त दिन प्रदर्शनरत चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुग्ने गरेको देखिन्छ । यस वर्षको सुरुआतमा दर्शकको भिडभाड चलचित्र भवनमा देखिएको छ । प्रदर्शनरत चलचित्र ‘पीताम्बर’, ‘अञ्जिला’, ‘वसन्त’ ‘कर्मा’ लगायत हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक कृषा चौलागाईंले चलचित्र ‘पीताम्बर’ले नयाँ वर्षको दिन सोमबार प्राप्त गरेको शोहरू भरिभराउ रहेको बताइन् । उनले भनिन्, “हामीले काठमाडौँ उपत्यकाका अधिकांश चलचित्र भवन पुगेर दर्शक कोप्रतिक्रिया लिएका छौँ । चलचित्र हेर्नेले राम्रो प्रतिक्रिया दिएका छन् । नेपालमा यस्तो चलचित्र बन्छ भन्ने प्रतिक्रिया दिनु नै हाम्रो सफलता हो ।” उनले व्यापारिक रूपमा आफ्नो समूह सफल हुने विश्वास व्यक्त गरिन् । उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई,...
बालाजु बाइसधारा मेला व्यवस्थापनको तयारी तिब्र,मेलाको महत्व के छ ?

बालाजु बाइसधारा मेला व्यवस्थापनको तयारी तिब्र,मेलाको महत्व के छ ?

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार, साहित्य, स्थानीय
सीता पौडेल (अर्चना )  २६ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूणिमाको दिन लाग्ने बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेलाको व्यवस्थापनको तयारी तिब्र पारिएको छ । यहि चैत्र ३० गते शनिबारदेखि ५ दिनसम्म सञ्चालन हुने सो मेलामा आउने श्रद्धालु भक्तजनहरुको सुविधाको लागि बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले व्यवस्थापनलाई चुस्त तथा दुरुस्त पार्न  राम्रो तयारी गरिरहेको समितिका संयोजक प्रकाश बलामीले जानकारी दिए । संयोजक बलामीले यस वर्ष शनिबारका दिन मेला शुरु हुने भएकाले पनि धेरै संख्यामा भक्तजनहरुको सहभागीता रहने कुरालाई मध्येनजर गर्दै व्यवस्थापनलाई निकै प्रभावकारी तवरबाट चुस्त तथा दुरुस्त बनाउने तयारी भएको पनि बताए ।यसका लागि समितिले विभिन्न उपसमितिहरु बनाएर काम गरिरहेको उनले स्पष्ट पारे । सोमबार सगरमाथाप्रेससँग कुराकानी गर्दै उनले प्राचीन धार्मिक,सांस्कृतिक,पर्यटकीय तथा...
निमावि तहको कोटामा ६८६ शिक्षक पदका लागि आवेदन माग

निमावि तहको कोटामा ६८६ शिक्षक पदका लागि आवेदन माग

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार, साहित्य
१४, चैत काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।...
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

ताजा अपडेट, वातावरण, समाचार, साहित्य
३, चैत काठमाडौं । भीमदर्शन रोका स्मृति कोषले हिजो काठमाडौँमा एक समारोहकाबीच छ दशकदेखि सिर्जनामा सक्रिय वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई रु। ५० हजार एक राशिको आदर्श गुरु सम्मान प्रदान गरेको छ । उनलाई सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रुपक राजवंशी, साहित्यकार रोचक घिमिरेले सम्मान पत्र र खादा ओढाउँदै सम्मान गरे । कोषले आजै काभ्रेको पनौतीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजलाई पनि त्यति नै रकमसहित सम्मान गरेको छ । सम्मानित भएपछि कलाकार शाहले आफूलाई सिर्जनामा लाग्न जाँगर थपिएको बताए । उनी स्वदेशमा मात्र नभई विदेशमा पनि परिचित छन् । बेलायतको टेक मोर्डन आर्ट ग्यालरीमा उनको मात्र चित्र राखिएका छन् । साहित्यकार रोचक घिमिरेले स्रष्टा सम्मानलाई समाजले निरन्तरता दिनुपर्नेमा जोड दिए भने । प्राचार्य राजवंशीले भीमदर्शन रोकाको शैक्षिक योगदानको चर्चा तथा कलाकार शाहका कलाकृतिको समीक्षा गरेका थिए ।...
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायांकन सुरु

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायांकन सुरु

ताजा अपडेट, वातावरण, समाचार, साहित्य
१४, फागुन काठमाडौं । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायांकन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायांकन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनुसार आज ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोशेढुङ्गा’ चलचित्रको छायांकन सुरु भएको छ । अभिनेता बुद्धि तामाङ निर्माता बनेको चलचित्र ‘कुस्ती’को छायांकन काठमाडौँबाट सुरु भएको छ । सो चलचित्रको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरु गरिएको अभिनेता तामाङले बताए । “हामीले फागुनदेखि छायांकन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौँ । कलाकारितामा संगालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु । यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणम...
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, साहित्य
१०, फागुन काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा (एमाले) का उपसचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोर्कापण गरेका हुन् । प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७ औँ वैवाहिक वर्षगाँठका अवसरमा आज प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहको हलमा उक्त पुस्तक लोर्कापण गरिएको हो । पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोर्कापण समारोहमा मन्त्रीहरु एवंम उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताए । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराल...