भुसालको निर्देशनमा बनेको ‘बग्दै होला दरम खोला नि’ गीत सार्वजनिक
५, फागुन काठमाडौ । बग्दै होला दरम खोला निु बोलको दोहोरी गीत बजारमा सार्वजनिक भएको छ । दुई प्रेमीको प्रेम र वियोगलाई प्रस्तुत गरेको उक्त गीतको निर्देशन र सम्पादनको काम गिरीप्रसाद भुसालले गरेका छन् । उनको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ ।
भिडियोको छायांकन प्रदीप कँडेलले गरेका छन्। त्यस्तै श्रृङ्गारको काम श्रद्धा कँडेलले गरेकी छन्।गीतकार लक्ष्मण चापागाईंको रचनामा संकल्प सुवेदीले संगीत भरेका छन्। साथै उत्कृष्ट गायकगायिका लक्ष्मण चापागाई र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ।
उक्त गीतको एरेञ्जर रमेश सेञ्चुरीको रहेको छ। त्यस्तै मालश्री रेकडिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । आफूले प्रेमीबाट पाएको धोकालाई व्यक्त गरेको गीतको भिडियोलाई लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेतको उत्कृष्ट अभिनयले भावनात्मक रुपमा झनै सम...









