आम चुनावको २० महिनापछि बल्ल बाँकी रहेको संसदीय समिति गठन हुँदै

काठमाडौं । आम चुनावको २० महिनापछि बल्ल संघीय संसदको बन्न बाँकी एउटा समिति गठन हुन लागेको छ ।

संघीय संसदमा हाल १६ वटा विषयगत समिति रहेका छन्।त्यसमध्ये १५ वटा समिति १५ वैशाख २०८० मा गठन भएका थिए।राज्यका सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति भने गठन नै हुन सकेको थिएन।

मंगलबार कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर सभामुख देवराज घिमिरेले समिति गठन गर्न लागेका हुन् ।

मंगलबारको प्रतिनिधि सभामा यो समितिमा रहने सदस्यहरूको नाम प्रस्तुत गर्ने कार्यसूची छ ।प्रस्तुत प्रस्तावलाई सभाले स्वीकार गरेपछि समिति गठन हुनेछ ।