संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’
१२ साउन, काठमाडौं ।मुस्ताङस्थित लक्जरी होटल ‘शिन्तामणि मुस्ताङ’ संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो स्थानमा सूचीकृत भएको छ ।
सन् २०२६ का लागि रब रिपोर्टस्ले तयार पारेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीको पहिलो नम्बरमा शिन्तामणि परेको हो ।
संसारका प्रमुख २४ ट्राभल अगुवाको प्यानलले शिन्तामणिलाई पहिलो नम्बरमा सूचीकृत गरेको हो । तल्लो मुस्ताङमा रहेको शिन्तामणि बिल बेन्स्लेले डिजाइन गरेका हुन् ।
यती समूहको शेर्पा हस्पिटालिटी ग्रुपले विगत ३ वर्ष देखि शिन्तामणि सञ्चालन गर्दै आएको छ ।शिन्तामणि सम्भवतस् नेपालकै सबैभन्दा महँगोमध्ये पर्छ । यो होटलमा २९ कोठा छन् । यसमा बास बस्न स्वदेशी वा विदेशी जो भए पनि कम्तीमा पाँच दिनसम्मको बुकिङ गर्नुपर्छ ।
शिन्तामणिमा बास बस्ने रातको न्यूनतम १ हजार ८०० अमेरिकी डलर भाडा तिर्नुपर्छ । दुई जनाका लागि बनाइएको यो प्याकेजमा कोठा, वेलनेस प्रो...









