मनोरन्जन

चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
१० कात्तिक,काठमाडौं ।सरकारले चलचित्र निर्माणका लागि विभिन्न विधामा साढे तीन करोड रुपैयाँसम्मको अनुदान दिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै यसका लागि आवेदन दिन आह्वान गरेको छ । सूचना जारी भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न यो विशेष अनुदान दिन लागिएको हो।यसले स्थानीय कला, संस्कृति, रहनसहन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत भइसकेको छ । चलचित्र निर्माण गर्न तोकिएको मापदण्ड पूरा गरी आवेदन दिन सकिने छ । एउटा चलचित्र निर्माणका लागि पटकथा लेखन,प्रोडक्सन र पोस्ट प्रोडक्सनमा छुट्टाछुट्टै अनुदान प्राप्त गर्न सकिनेछ । यस हिसाबले एउ...
रमेश उप्रेती लगायतका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर,३० लाख हस्ताक्षर संकलन भएको दाबी

रमेश उप्रेती लगायतका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर,३० लाख हस्ताक्षर संकलन भएको दाबी

कला, कानुन, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
१० असोज,काठमाडौं ।राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् । राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको हस्ताक्षर अभियानमा कलाकार शिव श्रेष्ठ,अर्जुनजंग शाही,आनन्द कार्की,रमेश उप्रेती,पूजा प्रधान, कृष्ण मल्ल, शर्मिला मल्ल,सुनील कटवाललगायतले सामूहिक हस्ताक्षर गरेका हुन् । शुक्रबार राजधानीको एलो प्यागोडामा आयोजित कार्यक्रममा श्रेष्ठसहितका कलाकारहरुले राजतन्त्रको पक्षमा हस्ताक्षर गरेको शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले जानकारी दिए। उनका अनुसार अभियान साउन १ गतेदेखि देशभर सञ्चालन भइरहेको छ । अभियानको मुख्य उद्देश्य नै कलाकार तथा सार्वजनिक व्यक्तित्वमार्फत जनतालाई राजसंस्थाका विषयमा आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्नु रहेको छ । राप्रपाका नेता निरञ्जन थापाले अभियानमा हालसम्म ३० लाख हस्ताक्षर संकलन भएको दाबी गरे। ...
संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’

संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो नम्बरमा ‘शिन्तामणि मुस्ताङ’

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
१२ साउन, काठमाडौं ।मुस्ताङस्थित लक्जरी होटल ‘शिन्तामणि मुस्ताङ’ संसारकै सबैभन्दा लक्जरी होटलको पहिलो स्थानमा सूचीकृत भएको छ । सन् २०२६ का लागि रब रिपोर्टस्‌ले तयार पारेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीको पहिलो नम्बरमा शिन्तामणि परेको हो । संसारका प्रमुख २४ ट्राभल अगुवाको प्यानलले शिन्तामणिलाई पहिलो नम्बरमा सूचीकृत गरेको हो । तल्लो मुस्ताङमा रहेको शिन्तामणि बिल बेन्स्लेले डिजाइन गरेका हुन् । यती समूहको शेर्पा हस्पिटालिटी ग्रुपले विगत ३ वर्ष देखि शिन्तामणि सञ्चालन गर्दै आएको छ ।शिन्तामणि सम्भवतस् नेपालकै सबैभन्दा महँगोमध्ये पर्छ । यो होटलमा २९ कोठा छन् । यसमा बास बस्न स्वदेशी वा विदेशी जो भए पनि कम्तीमा पाँच दिनसम्मको बुकिङ गर्नुपर्छ । शिन्तामणिमा बास बस्ने रातको न्यूनतम १ हजार ८०० अमेरिकी डलर भाडा तिर्नुपर्छ । दुई जनाका लागि बनाइएको यो प्याकेजमा कोठा, वेलनेस प्रो...
अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, मनोरन्जन, समाचार
३२ असार, काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। आज बुधबार विहान अटलान्टा स्टेडियममा भएको रोमाञ्चक तथा सनसनीपूर्ण सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा प्रवेश गर्न सफल भएको हो। ४० वर्षअघि सन् १९८६ को विश्वकपमा म्याराडोनाले खेलका क्रममा यी दुई टोलीबीच जुन २–१ को नतिजा निस्किएको थियो, ठीक त्यही स्कोरलाइनमा अर्जेन्टिनाले जितको फारम दर्ता गरेको छ। यो जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ   । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो। दुवै टोलीले सुरुवाती चरणमा खासै ठूला अवसरहरू सिर्जना गर्न सकेनन्। तर,दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए । गोल खाएपछि अर्जेन्टिनाले ...
जिल्ला प्रशासन काठमाडौं भन्छ- विश्वकप हेर्न बिना अनुमति भिड जम्मा नगर्नु

जिल्ला प्रशासन काठमाडौं भन्छ- विश्वकप हेर्न बिना अनुमति भिड जम्मा नगर्नु

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, मनोरन्जन, समाचार
२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा समाजको शान्ति सुरक्षा खलबलिने गरि भीड जम्मा नगर्न अनुरोध गरेको हो । ‘फिफा विश्वकप फुटबलका खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रशारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न र नगराउन सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ । खेलको प्रत्यक्ष प्रशारण गर्ने स्वीकृतिका लागि निवेदनको ढाँचा कार्यालयको वेबसाइटमा समावेश गरिएको पनि सूचनामा उल्लेख छ । ‘उक्त निवेदनमा उल्लेखित सर्तहरूको अधिनमा रही यस्तो संघ...
प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदै

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, मनोरन्जन, समाचार, स्थानीय
२७ चैत, भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । आज साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ । बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहि...
चलचित्र विकास बोर्डद्वारा तालिम तथा कार्यशालाको आवेदन माग

चलचित्र विकास बोर्डद्वारा तालिम तथा कार्यशालाको आवेदन माग

ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
१५ माघ,काठमाडौं ।चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२–०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा ११ विधामा सञ्चालन हुने तालिम तथा कार्यशालाका लागि आवेदन मागेको छ। बोर्डद्वारा जारी सूचनाअनुसार चलचित्रकर्मीको प्राविधिक,सिर्जनात्मक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ध्वनि,पोस्ट–प्रोडक्सन,छायांकन,पटकथा लेखन,ड्रोन,मेकअप,फोटो तथा भिडियो पत्रकारिता,एआई चलचित्र निर्माण,प्रतिलिपि अधिकार,साइबर सुरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ । इच्छुक चलचित्रकर्मीले बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेश गर्न सक्ने तर ।सम्बन्धित विधामा ५ वर्षदेखि कार्यरत चलचित्रकर्मीलाई प्राथमिकता दिइने बोर्डको भनाइ छ। बोर्डका अनुसार यी कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्...
‘हितैको माया’ लिएर नितेशजंग पुगे अमेरिकाको डलास

‘हितैको माया’ लिएर नितेशजंग पुगे अमेरिकाको डलास

अन्तर्राष्ट्रिय, कला, ताजा अपडेट, मनोरन्जन, समाचार
२६ असोज,काठमामडौं ।लोकप्रिय गायक तथा संगीतकार नितेशजंग कुवँरले अमेरिकाको डलासमा सांगीतिक प्रस्तुति दिने भएका छन् । ‘हितैको माया अमेरिका टुर २०२५’ नामक टूर लिएर उनले अक्टोबर २४ तारिखका दिन डलासमा लाइभ कन्सर्ट गर्न लागेका हुन् ।फेम नेपालको प्रस्तुतिमा हुन लागेको यो कार्यक्रम डलास नजिकैको अर्भिङस्थित ‘ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब’मा आयोजना हुने जनाइएको छ। कुँवरको अमेरिका टूरको व्यवस्थापन थ्रिई इन्टरटेनमेन्टले गरेको छ । कुँवरले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।कार्यक्रमको भेन्यू पार्टनरमा ह्याङआउट रेस्टुरेन्ट एन्ड स्पोट्र्स क्लब रहेको छ भने नेप्रिन्ट्सले कार्यक्रमलाई सपोर्ट गरेको छ। डलास र यस वरपर बसोबास गर्ने नेपाली संगीतप्रेमीका लागि यो कार्यक्रम एक अविस्मरणीय सांगीतिक अनुभव हुने आयोजकको विश्वास छ।...
गीतकार राईको ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक

गीतकार राईको ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
२३ असोज,काठमाडौं ।गीतकार जंग बहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ हालै सार्वजनिक भएको छ । गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ । ‘म फसेछु कस्तो माया जालमा’ ले विशेषगरी प्रेममा बाँधिने जोडीको मनोविज्ञानलाई कलात्मक तरिकाले चित्रण गरेको छ ।रचनात्मक शैली र आधुनिक संगीत संयोजनले गीतलाई थप मधुर बनाएको छ । यस गीतमा गायिका मेलिना राईले स्वर दिएकी छिन भने संगीत संयोजन वरिष्ठ संगीतकार शान्तिराम राईले गरेका हुन् । गीतकार जंग बहादुरको शब्द, शान्तिरामको संगीत, मेलिनाको मधुर स्वरले गीतलाई भावपूर्ण र मार्मिक बनाएको छ । जंग बहादुर राईको शब्द तथा संगीतमा लोक पप ‘ सुसेली हाल्यो वनैमा आज कोइलीले भाकेर’ बोलको गीत यस अघि सार्वजनिक भएको थियो ।...
डा. नवराज लम्सालको ‘कल्प’को कतारमा चर्चा

डा. नवराज लम्सालको ‘कल्प’को कतारमा चर्चा

कला, मनोरन्जन, शिक्षा, समाचार, साहित्य
६असोज,महाकाव्य ‘कल्प’को कतारमा समेत चर्चा गरिएको छ । लम्सालको कल्प छलफलमा साक्षी बनेर पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति उनले कतारमा स्वयं उपस्तित भई एक समारोहमार्फत आभार व्यक्त गरे। उनले हस्ताक्षर भएको प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्ने बताएका छन्। नेपाली महाकाव्य लेखनमा आफ्नो विशेष पहिचान बनाएका डा. लम्साल ‘अग्नि’ महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन्। रेडियो नेपालको जागिर छोडेर लेखनमा सक्रिय लम्सालले ‘कल्प’लाई आफ्नो मस्तिष्क निचोरिएको कृति भनेका छन्। यो महाकाव्यलाई उनको वैश्विक चेतनाले भरिएको एक उच्चस्तरको कृति मानिएको छ।शिखा बुक्सले प्रकाशन गरेको यस महाकाव्यसहित डा। लम्सालका हालसम्म चार महाकाव्य, तीन कविता संग्रह र दुई गीत संग्रह गरी जम्मा नौ पुस्तक प्रकाशित छन्।...