
९ कात्तिक,काठमाडौं ।बडादशैँको बिदा सकिएसँगै सबै सरकारी कार्यालय खुलेका छन्।
दशैँको बिदा ६ दिन र नियमति साप्ताहिक ३ दिन बन्द रहेका कार्यालय ९ दिनपछि लामो सार्वजनिक बिदा सकिएसँगै सञ्चालनमा आएका हुन्।
दसैँको अवसरमा सरकारले दिएको लामो बिदापछि पहिलो दिन कार्यालय खुले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।
बिहान नौ बजेदेखि नै सरकारी कार्यालय खुल्ने नियम रहे पनि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा विभागहरूमा कर्मचारीको उपस्थिति पातलो छ।
केही दिनभित्रै कर्मचारीहरूको पूर्ण उपस्थिति हुने र प्रशासनिक कामकारबाहीले नियमित गति लिने सरकारी अधिकारीहरूले बताएका छन्।
बिदाका कारण रोकिएका महत्त्वपूर्ण प्रशासनिक कामहरू केही दिनमा तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
