पर्यटन

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
१२ कात्तिक, काठमाडौं । आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो। जारी सूचना अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ । यसैगरी वर्ग २ अर्थात मिनी बस, मिनी टिपर र ट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने जनाइएको छ। वर्ग ४ अर्थात मल्टी एक्सल ट्रकरसवारी साधन, भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ ।...
सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
११ कात्तिक, काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टानले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ । टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो । टानले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिन भूभागमा प्रवेश गरी कात्तिक १२ गते रातिबाट नेपालमा समेत प्रभाव सुरु हुने भन्दै सतर्कता अपनाउन भनेको छ । यही कात्तिक १३ र १४ गते चक्रवातको प्रभावका कारण तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न भागमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमप...
‘गोदावरी फूल प्रदर्शनी’ हुँदै

‘गोदावरी फूल प्रदर्शनी’ हुँदै

अर्थतन्त्र, कृषि, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रदर्शनीमा नर्सरी तथा फर्मले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइनेछ । व्यावसायिक रूपमा उत्पादन भएका गोदावरीका विभिन्न जात र यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिने उह...
दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२० असोज,काठमाडौं ।नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति,परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्न नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ। नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ राख्न लागेको हो । बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका,चाँगुनारायण नगरपालिका,भक्तपुर पर्यटन विकास समिति,ठमेल पर्यटन विकास समिति,हिमालयन उद्धार सङ्घ,टान,होटल सङ्घ नेपाल,होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेको छ । विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्...
रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२० असोज,काठमाडौं ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक तथा आर्थिक सहयोगमा पूर्वाधार विकास मन्त्रालयले करिब ३ वर्ष लगाएर तयार पारेको यस गुरुयोजनाको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण परियोजना ‘रत्नपार्क–भक्तपुर मास ट्रान्जिट (मेट्रो रेल)’ अघि सारेको छ। सो गुरुयोजना र यसको ‘रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए)’ को मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवाला र आम नागरिकबाट ३० दिने राय–सुझाव माग गरेको छ । प्रतिवेदनले उपत्यकाको पूर्व–पश्चिम करिडोरलाई लक्षित गरी करिब १६.५ किलोमिटर लामो ‘लिनियर मेट्रो’ वा ‘लाइट रेल ट्रान्जिट (एलआरटी)’ निर्माण गर्ने स्पष्ट प्राविधिक खाका र समयसीमा सन् २०४० तोकेको छ । काठमाडौँमा मेट्रो रेलको बहस चलेको एक दशकभन्दा बढी भइसकेको छ । यसअघि लगानी बोर्ड र रेल विभागले गरेका केही प्रारम्भिक अध्ययन कागजमै सीमित छन् । यो गुरुयोजना सफल हुनका लागि बल...
पर्यटन क्षेत्रका संघसंस्थाको छाता संगठन ‘नेपाल पर्यटन महासंघ’बनाउने सहमति

पर्यटन क्षेत्रका संघसंस्थाको छाता संगठन ‘नेपाल पर्यटन महासंघ’बनाउने सहमति

ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
१९ असोज,काठमाडौं ।नेपालको पर्यटन क्षेत्रका संघसंस्थाको छाता संगठनका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने भएको छ । प्रमुख पर्यटन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको प्रेसिडेन्टल बैठकले नेपाल पर्यटन महासंघ गठन गर्ने प्रस्ताव अगाडि बढाउने विषयमा सहमति जनाएको हो । होटल एसोसिएसन नेपाल (हान),ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान),नेपाल पर्वतारोहण संघ (एनएमए), पर्वतारोहण सञ्चालक संघ,नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा),प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)– नेपाल च्याप्टर,वायुसेवा सञ्चालक संघ लगायत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिले यो प्रस्तावमा सहमति गरेका छन् । आइतबार भएको छलफलमा ‘वान टिम, वान भिजन, वान भ्वाइस’ अवधारणा अनुसार पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद गर्ने र समाधानका लागि संयुक्त पहल गर्ने निर्णय भएको थियो । बै...
नागढुंगा सुरुङमार्गमा ओभरटेक गरेपछि कारबाही

नागढुंगा सुरुङमार्गमा ओभरटेक गरेपछि कारबाही

कानुन, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
१३ असोज, काठमाडौं ।नागढुंगा सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्ने दुई माइक्रोबसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। सोमबार सुरुङमार्गभित्र ओभरटेक गरी सवारी चलाएकोमा बा.प्र.०१–००६ ख ८८८० र बा.प्र.०१–००७ ख १७९४ नम्बरका दुइवटा माइक्रोबसलाई कारबाही गरिएको हो। कार्यालयका अनुसार सुरुङमार्गभित्र सवारीसाधन ओभरटेक गर्दा दुर्घटनाको जोखिम हुन्छ । यसर्थ यहाँ ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ। कारबाहीमा परेका सवारी चालकलाई जनही ५०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।...
चाडपर्वमा प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ बनाइने

चाडपर्वमा प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ बनाइने

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
१२ असोज,काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ। चाडपर्वमा यात्रुहरूले ठगिन नपारोस् र सवारी दुर्घटना नहोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागिएको हो । आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल जंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी गर्ने बताए । टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्ने पनि उनले बताए। सवारी दुर्घटना न्यूनीकरणका लागि ‘क्यू–फ्री’ प्रणाली परिवर्तनको खाँचो औँल्याउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकहरूलाई मात्र खटाउन समेत सुझाव दिएका छन् ।...
अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता

ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
१२ असोज, काठमाडौं।एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ । दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न आग्रह गरे । भेटमा एआईआईबी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने बताइन् । अध्यक्ष जोउले बैंकले प्रोजेक्ट प्रिपरेसन स्पेसलाइस्ड फण्ड मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउने बताइन् । स्पेसलाइस्ड फन्ड विन्डो अन्तर्गत अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋण...
नाट्टा हेरिटेज रन २०२६ सम्पन्न

नाट्टा हेरिटेज रन २०२६ सम्पन्न

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
१२ असोज,काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा ‘नेपाल कलिङ’ नारासहित ‘ नाट्टा हेरिटेज रन २०२६’ सम्पन्न भएको छ । ४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो । ६ किलोमिटर दौड बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो । दौडमा पुरुषतर्फ रविन्द्र रावत प्रथम भए । द्वितीय सलमान शेख र तृतीय शेरबहादुर शाही बने । महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय बने । दौडमार्फत काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई चिनाउने प्रयास गरिएको नाट्टाले जनाएको छ ।...