नेपाली नारीको महान् पर्व हरितालिका तीजको आज दर खाने दिन
२८ भदौं ,काठमाडौं । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ ।
विशेषगरी माइतीले छोरीचेलीलाई बोलाएर दर खुवाउने परम्परा छ ।भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मीठा परिकार दरका रूपमा खाने गरिन्छ ।
तीजलाई महिलाहरूले वर्षभरिका दुःख, पीर र मर्कालाई गीत तथा नृत्यका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत उपयोग गर्दै आएका छन्।
जन्मघरबाट कर्मघर जाँदा भोगेका वेदनालाई माइतीमा आएर दिदीबहिनीसँग साटासाट गर्ने माध्यम पनि यो पर्व बन्दै आएको छ । विगतमा नेपालमा मात्र सीमित रहेको यो पर्व पछिल्लो समय विभिन्न देशहरुमा समेत मनाउन थालिएको छ ।
आइतबार दर खाएपछि सुरु हुने यो पर्व ऋ...








