बिशेष

कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कृषि, ताजा अपडेट, बिशेष, समाचार
१० जेठ, काठमाडौं । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको शाखा प्रबन्धक हेमराज जोशीले जानकारी दिए ।   शाखा प्रबन्धक हेमराज जोशीले सहकारीमार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।उनका अनुसार मौज्दात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटाअन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको हो । उनका अनुसार शाखाले आगामी आवश्यकतालाई दृष्टिगत गर्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ । “थप मल ...
क्यान्सरको जीवनरक्षक औषधिको हाहाकार,बिरामीको अवस्था गम्भीर

क्यान्सरको जीवनरक्षक औषधिको हाहाकार,बिरामीको अवस्था गम्भीर

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
९ वैशाख,काठमाडौं ।क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’  र  ‘सिस्प्लाटिन’ हाहाकार भएपछि बिरामीको बिचल्ली भएको चिकित्सकहरुले बताएका छन्। वीर अस्पताल,भक्तपुर क्यान्सर अस्पताल र पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञहरुले क्यान्सर बिरामीको जीवनरक्षक औषधि अभाव हुँदा देशभरका बिरामीको जीवन संकटमा परेको  र समयमै किमोथेरापी नपाउने बिरामीमा क्यान्सर झन् छिटो फैलिने जोखिम रहेकोमा चिन्ता व्यक्त गरेका छन्। औषधि आयातकर्ता खाडीको द्वन्द्व, कच्चा पदार्थको मूल्यवृद्धि र उत्पादन लागत बढेका कारण औषधि आपूर्तिमा समस्या भएको बताउँछन्।  ...
म्याग्दीमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

म्याग्दीमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

अर्थतन्त्र, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-२, वातावरण, समाचार
९ जेठ,म्याग्दी । जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ । ३५ लाख बराबरको लागतमा दुई तले भवन निर्माण गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। “पुरानो साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि त्यसलाई भत्काएर नयाँ बनाइएको हो,” उनले भने “सरकारी निकायको बजेट खर्च नगरी म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजना र दाताहरूको सहयोगबाट भवनका साथै प्रवेशद्वार र शौचालय निर्माण भएको छ ।” ३८ जना दाताहरूले उपलब्ध गराएको निर्माण सामग्री,नगदको विवरण भवनमा सूचना पाटी बनाएर सार्वजनिक गरिएको छ । नयाँ भवनको भुईँ तलामा सहायता कक्ष छ भने पहिलो तलामा बहुउद्देश्यीय सभा हल तथा बैठक कक्ष बनाइएको छ । दाताहरूमा म्याग्दीखोला जलविद्युत आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेजले रु.  चार लाख ७२ हजार चार सय ७८, कालीगण्डकी गर्जले रु. चार लाख, मध्य कालीगण्डक...
रिलायन्स कलेजको ऐतिहासिक उपलब्धि

रिलायन्स कलेजको ऐतिहासिक उपलब्धि

कला, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
८ जेठ,काठमाडौं ।एम्बेसडर अफ पाकिस्तान 9th Annual speech competition – 2026 मा रिलायन्स कलेज BSW प्रथम वर्षकी छात्रा विश्वकला नेपालले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन ।  WILL AI ENGULF LIBRARIES ? शीर्षकमा आयोजित उक्त Speech Competition मा नेपालभरिका सयौं विद्यार्थीहरूमध्येबाट छानिएका अन्तिम १५ प्रतियोगी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा आफ्नो प्रस्तुति दिएका थिए। नेपाल ल क्याम्पस,नेसनल ल क्याम्पस,सेन्ट जेभियर्स,केएमसी,रातो बङ्ला,भिएस निकेतन लगायतका विद्यालय तथा कलेजहरूका विद्यार्थीहरुले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धीहरु सबैलाई पछि पार्दै काठमाडौंको चाविल स्थित रिलायन्स कलेजकी छात्रा नेपालले सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल  भएकी हुन् । आफ्नो प्रस्तुतिमार्फत प्रथम स्थान हासिल गर्न सफल भएकी विश्वकला नेपालले ४० हजार नगद र प्रमाणपत्र प्राप्त ...
सेवाग्राहीको घरमै राहदानी

सेवाग्राहीको घरमै राहदानी

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
८ जेठ,महेन्द्रनगर । कञ्चनपुरमा सेवाग्राहीको घर ठेगानामै राहदानी पुर्‍याउन थालिएको छ। सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला हुलाक कार्यालय कञ्चनपुरले जनाएको छ। घर ठेगानामै राहदानी पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच गत वैशाख महिनामा सम्झौता भएको थियो। हुलाक कार्यालय कञ्चनपुरका प्रमुख सरोज पाण्डेयले बिहीबारदेखि सेवाग्राहीको घर आँगनमै राहदानी पुर्‍याउन थालिएको जानकारी दिए। प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि भर्नुपर्ने प्रमुख पाण्डेयले बताए  ।...
जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
८ जेठ, काठमाडौं । बकर ईदको अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन् ।...
डाबरकाे मह गुणस्तरहीन,बजारबाट फिर्ता गर्न विभागकाे आदेश

डाबरकाे मह गुणस्तरहीन,बजारबाट फिर्ता गर्न विभागकाे आदेश

अपराध, कानुन, कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
७ जेठ,काठमाडौँ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको महको गुणस्तर मापदण्डअनुसार नभएको भेटिएको हो । ब्याच नम्बर  ‘NB00477’  रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार डाबर नेपाल प्रा. लि. जितपुर सिमरा बाराका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउन समेत निर्देशन दिएको जनाएको छ ।    ...
काठमाडौँ भित्रने साँगा नाकामा धमाधम काम

काठमाडौँ भित्रने साँगा नाकामा धमाधम काम

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख पूर्वीनाका साँगामा निर्माण भइरहेको अण्डरपासले तीव्रता पाएको छ। अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत साँगामा अण्डरपास निर्माण कार्य भइरहेको हो । हाल सूर्यविनायक–धुलिखेल सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । साँगा क्षेत्रमा अग्लो पहाड भएकाले सडकलाई तलमाथि छुट्टाछुट्टै दुई–दुई लेनमा निर्माण गरिएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि बाँयातर्फ दुई लेनको एकतर्फी अण्डरपास  छ । आयोजनाका अनुसार साँगा क्षेत्रमा भक्तपुरबाट बाहिरिने क्रममा सवारीसाधनले लामो उकालो पार गर्नुपर्ने समस्या रहेकाले यात्रालाई सहज बनाउन अण्डरपास निर्माण गरिएको हो । साथै, साँगाचोकमा सवारी आवागमनलाई व्यवस्थित र निर्वाध बनाउने उद्देश्यसमेत रहेको जनाइएको छ । अण्डरपासको कुल लम्बाइ एक हजार १ सय १० मिटर रहेको...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
५ जेठ,काठमाडौं । सुनचाँदीको भाउ  बढेको छ ।अघिल्लो दिनको तुलनामा आज मंगलबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले  सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।  चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ।अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । ...
नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
४ जेठ, काठमाडौं ।नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित भएका छन् । घेदुङको १०औं संघीय महाधिवेशनबाट ब्लोन अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए । ३०६ मत प्राप्त गर्दै अध्यक्षमा ब्लोन निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू कुमारसिंह घिसिङले ९८, मित्रसेन योन्जनले ५९,अमिर लामा मोक्तानले ३२ र मानबहादुर तामाङले २७ मत प्राप्त गरे । सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सञ्चु ब्लोन तामाङ ३६० मतसहित विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी हरिजङ तामाङले १३२ मत प्राप्त गरेका छन् पाँच खुल्ला उपाध्यक्ष पदका लागि १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा काजिमान थिङ ३७८ मत,रुपबहादुर योन्जन २४६ मत,दिनेश कुमार लो १८३ मत, प्रेम लो तामाङ १८१ मत तथा पासाङदोर्जे लामा १७६ मतसहित निर्वाचित भएका छन् । ...