अन्तर्राष्ट्रिय

रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२८ भदौ,काठमाडौं ।रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक निःशुल्क बृहत् आँखा शिविर सञ्चालन गरेको छ । शनिबार चौतारा सागाँचोकगदी नगरपालिका–५ , मेलम्ची नगरपालिका–११,बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा एकैचोटी आयोजित उक्त शिविरबाट १ हजार ४ सय जनाको आँखा परीक्षण गरिनुका साथै आवश्यक औषधि समेत वितरण गरिएको शिविरका संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए । शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया समेत गरिएको उनले बताए । शिविर सञ्चालन र व्यवस्थापनका लागि  रोटरी क्लब अष्ट्रेलिया,रोटरी कम्युनिटि क्रब्स सिन्धुपाल्चोक लगायतले सहयोग गरेको क्लब प्रेसिडेन्ट मोहन कुमार श्रेष्ठले बताए ।...
सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
१७ भदौ,काठमाडौं । भदौ १० गतेको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको सो प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्ला तथा धादिङ,गोर्खा र चितवनलाई मध्यम प्रभावितमा सूचीकृत गरेको छ। मृत्यु र बेपत्ता नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण  हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी मृत्यु चितवनमा ३२१ जनाको भएको छ भने नवलपरासी पूर्वमा २१६,नवलपरासी पश्चिममा १७०,नुवाकोटमा ९५,गोर्खामा ६५,धादिङमा ५५,तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ। देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त ...
बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घबाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुनेछन् । स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ ।  ...
भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू नेपाल आइपुगेका छन्। १८ जनाको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। मृत शरीरहरूको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीहरू प्राप्त भइरहेको राईले बताएका छन् । सरकारले बाढीबाट ज्यान गुमाउनेहरूको शव खोज्ने क्रम तिब्र बनाएको छ ।...
बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

अन्तर्राष्ट्रिय, कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, वातावरण, समाचार
१४ भदौ,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रशासनको पूर्वस्वीकृतिबिना बाढीग्रस्त क्षेत्रमा ड्रोन उडाएमा कानुन बमोजिम कारबाही हुने बताएको छ। प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै उद्धारमा लगातार हेलिकप्टर उडिरहेको र ड्रोनले जोखिम पैदा गरेको जनाएको छ। ‘प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहत कार्यका लागि नेपाल सरकार,गृह मन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,नेपाली सेना एवं निजी क्षेत्रको समन्वयमा हेलिकप्टरहरू पूर्ण क्षमताका साथ निरन्तर परिचालन भइरहेका छन्,’ सूचनामा भनिएको छ।’ ‘उद्धार कार्य भइरहेको समयमा केही व्यक्ति तथा संस्थाहरूबाट स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको पाइएको छ।’ यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भएको र खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न पर्न गएको जनाइएको...
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य
१४ भदौं,काठमाडौं।बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा शनिबारसम्म रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ। कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा शनिबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ । यस्तै,हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले जारी गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्...
नेपाल–भारत सीमामा कडा निगरानी गरिने

नेपाल–भारत सीमामा कडा निगरानी गरिने

अन्तर्राष्ट्रिय, कानुन, ताजा अपडेट, पर्यटन, समाचार
६ भदौं, काठमाडौं ।नेपाल र भारत सीमामा कडाइ गर्ने निर्णय भएको छ ।नेपाल र भारतबिच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकले सो निर्णय गरेको हो । कार्यदलको १४ औँ बैठक भारतको देहरादूनमा भदौ ४ र ५ गते बसेको थियो । दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने,तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाइ गर्ने,विपद् व्यवस्थापन र जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ । सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढाउन पनि दुवै पक्ष सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवम् पारस्परिक कानुनी सहायताका विषयमा पनि छलफल भएको जनाइएको छ । बैठकमा सन् २०२५ मा नेपालको पोखरा...
अभिनेत्रीलाई बेहोस बनाएर यौन शोषण, हिन्दी फिल्म निर्देशक पक्राउ

अभिनेत्रीलाई बेहोस बनाएर यौन शोषण, हिन्दी फिल्म निर्देशक पक्राउ

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२६ साउन,काठमाडौं । एक हिन्दी फिल्मका निर्देशकलाइ यौन उत्पीडन र दुष्कर्मको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ। एक ३३ वर्षीया अभिनेत्रीले उनीमाथि यौन शोषण र ब्ल्याकमेलिङसहितको आरोप लगाउँदै उजुरी दर्ता गराएपछि निर्देशकलाई पक्राउ गरिएको हो। मुम्बई प्रहरीमा दर्ता भएको उजुरीअनुसार ती अभिनेत्री र सोही निर्देशकवीचको पहिलो भेट सन् २०१६ मा लोखण्डवालास्थित एक अवार्ड कार्यक्रमका क्रममा भएको थियो। बृद्ध निर्देशकले अभिनेत्रीसँग आगामी प्रोजेक्टका बारेमा कुरा गर्दै कामका लागि सम्पर्क गर्न भनेका थिए। त्यसपछि अभिनेत्री स्क्रिप्ट पढ्नका लागि उनका घरमा गएकी थिइन्। त्यहाँ उनले सफ्ट ड्रिङ्क पिउन दिएका थिए, जुन पिएपछि उनी बेहोस भएको विभिन्न एजेन्सी समाचारहरुमा उल्लेख छ । जाहेरीमा आरोप लगाएअनुसार अभिनेत्रीले आफ्नो पोल अखोलुन भनेर उनले होस आएपछि उनले आफ्नो मोबाइलमा उनको भिडियो देखाएका थिए। प्रहरीलाई खब...
ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,थप एक शव फेला

ब्रोड पिकबाट चार पर्वतारोहीको शव उठाइयो,थप एक शव फेला

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
१८ साउन, काठमाडौं ।पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ।ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो। अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ),वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन्। क्लबका अनुसार यसअघि तीन शव उद्धार भइसकेका छन् भने पहिचान भएका थप चार पर्वतारोहीलाई उद्धार टोलीले क्याम्प–१ (सी–१) तर्फ झार्ने काम गरिरहेको छ। उद्धारकर्ताहरूले उच्च उचाइमा थप एक शव रहेको पुष्टि गरेका छन्। तर,प्रतिकूल मौसमका कारण हाल उक्त शव उठाउने सम्भावना न्यून रहेको जनाइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानले कठिन परिस्थितिमा उद्धार अभियानमा खटिएका पाकिस्तानी र नेपाली उद्धार टोलीको साहस,व्यावसायिकता र समर्पणको प्रशंसा गरेको छ...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
४ साउन,काठमाडौं ।अर्जेन्टिनालाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को उपाधि जित्न सफल भएको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बनेको छ । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए । टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए।निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात प...