अन्तर्राष्ट्रिय

सिड्नी विमानस्थलमा कर्मचारीको हडताल

सिड्नी विमानस्थलमा कर्मचारीको हडताल

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
२९ असोज,काठमाडौं ।विमानस्थलमा सुरक्षा जाँचको जिम्मेवारी सम्हाल्दै आएका सर्टिस् कम्पनीका सयौँ कर्मचारीले तलब र रोजगारीका सर्तबारे विवाद जारी रहेपछि अक्टोबर १६ शुक्रबार हडताल गर्ने घोषणा गरेका छन्। ट्रान्सपोर्ट वर्कर्स युनियनका अनुसार हडताल बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म हुनेछ। यो हडताल घरेलु तथा अन्तर्राष्ट्रिय टर्मिनलमा लागु हुने बताइएको छ। कर्मचारीहरूले पूर्णकालीन रोजगारीका अवसर बढाउन,कामको तालिका न्यायोचित बनाउन र आंशिक समय काम गर्ने कर्मचारीको कार्यघण्टा कटौती रोक्न माग गरेका छन्। सिड्नी विमानस्थलबाट शुक्रबार यात्रा गर्ने यात्रुले सुरक्षा जाँचमा सम्भावित ढिलाइको सामना गर्नुपर्ने  देखिएको छ ।...
क्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार

क्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार, साहित्य
२३ असोज, काठमाडौं । क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । यसअगाडि सोही देशका एलिस मुनरो सन् (२०१३) र साउल बेलो (१९७६) ले नोबेल पुरस्कार जितेका थिए । उनलाई ‘शास्त्रीय परम्परासँगको क्रीडात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने साहसी र नवीन कार्यका लागि’ सो पुरस्कार दिइएको हो । साहित्य क्षेत्रको यो प्रमुख सम्मान सामान्यतया लेखकको करियरको सर्वोच्च उपलब्धि मानिन्छ । विगतका विजेताहरूमा कवि डब्लुबी येट्स र लुइस ग्लुक, नाटककार ह्यारोल्ड पिन्टर र सेमुअल बेकेट, तथा उपन्यासकार हान काङ र टोनी मोरिसन समावेश छन् । सन् २०१६ मा बब डिलन र सन् १९५३ मा विन्स्टन चर्चिलले पनि यो पुरस्कार पाएका थिए । सन् २०१८ देखि पालैपालो पुरुष र महिला लेखकहरूलाई यो पुरस्कार दिँदै आएको छ । गत वर्षको पुरस्कार हंगेरीका उपन्यासकार लास्ल...
रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२० असोज,काठमाडौं ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक तथा आर्थिक सहयोगमा पूर्वाधार विकास मन्त्रालयले करिब ३ वर्ष लगाएर तयार पारेको यस गुरुयोजनाको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण परियोजना ‘रत्नपार्क–भक्तपुर मास ट्रान्जिट (मेट्रो रेल)’ अघि सारेको छ। सो गुरुयोजना र यसको ‘रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए)’ को मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवाला र आम नागरिकबाट ३० दिने राय–सुझाव माग गरेको छ । प्रतिवेदनले उपत्यकाको पूर्व–पश्चिम करिडोरलाई लक्षित गरी करिब १६.५ किलोमिटर लामो ‘लिनियर मेट्रो’ वा ‘लाइट रेल ट्रान्जिट (एलआरटी)’ निर्माण गर्ने स्पष्ट प्राविधिक खाका र समयसीमा सन् २०४० तोकेको छ । काठमाडौँमा मेट्रो रेलको बहस चलेको एक दशकभन्दा बढी भइसकेको छ । यसअघि लगानी बोर्ड र रेल विभागले गरेका केही प्रारम्भिक अध्ययन कागजमै सीमित छन् । यो गुरुयोजना सफल हुनका लागि बल...
जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, समाचार
१० असोज,काठमाडौं ।जापानका लागि प्रस्तावित राजदूत जिग्यान कुमार थापा जापानकै स्थानी बसोबासी रहेका छन् । उनले जापानको एउटा अनलाइनलाई दिएको अन्तर्वार्तामा आफू जापानको स्थानी बसोबासी रहेको र त्यहाँ आफ्नै घर रहेको स्वीकार गरेका छन् । उनले २०१८ मै जापानको स्थायी बसोबास अनुमति पीआर प्राप्त गरेका छन् । थापाले अन्तर्वार्तामा भनेका छन्, ‘२०१८ मा स्थायी बसोबास अनुमति प्राप्त गरेपछि मैले जापानमा बस्ने निर्णय गरेँ । मेरो विवाह नेपाली महिलासँग भएको छ र हाम्रा दुई छोराछोरी जापानमा जन्मेका छन् । उनीहरूले यहीँ शिक्षा हासिल गरेका छन् । मेरी श्रीमतीले जापानी भाषा पढेकी थिइन् र एसिया, मध्य र दक्षिण अमेरिका, अफ्रिकाका अनुसन्धानकर्ताहरूसँग जापानी विद्यालयमा गरिबी न्यूनीकरण र शान्ति निर्माणको अध्ययन गरेकी थिइन् । हाल उनी जापानमा नेपाली भाषा विद्यालय चलाउँछिन् ।’ उनले आफ्ना छोराछोरीहरू जापानमै जन्मे...
बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
८ असोज, काठमाडौं । बेलायती सार्वजनिक प्रसारक बीबीसीले आगामी दुई वर्षमा २ हजार कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ। आर्थिक दबाब भएको भन्दै बीबीसीले खर्च घटाउन पुनर्संरचना अभियान अघि बढाएको जनाएको छ। विभिन्न विभागका धेरै कर्मचारीसहित केही टेलिभिजन कार्यक्रमसमेत बन्द गर्ने र नयाँ सामग्री निर्माणमा हुने खर्च कटौती गर्ने तयारी गरेको पनि जनाइएको छ। दुई वर्षभित्र करिब ५० करोड पाउन्ड बचत गर्ने उसको लक्ष्य छ। समग्र कटौतीमध्ये करिब ५५० पद कटौतीले बीबीसी न्युज, टेलिभिजन र रेडियो सञ्चालनमा प्रत्यक्ष असर पार्ने बताइएको छ। यसबाट मात्रै करिब १६ करोड पाउन्ड बचत हुने अपेक्षा छ।  कर्मचारी कटौतीका लागि बीबीसीले स्वैच्छिक अवकाश प्रक्रिया समेत अघि सारेको उल्लेख गरेको छ। प्रेस एसोसिएसनले प्राप्त गरेको आन्तरिक मेमोअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म कन्टेन्ट डिभिजनबाट मात्रै करिब १०० पद कटौती हु...
नेपाल–फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

नेपाल–फिनल्यान्ड सम्बन्ध र बहुपक्षीय सहकार्यबारे छलफल

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-२, राजनीति, समाचार
८ असोज,न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भएको भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरेकि छिन् । दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका आपसी हित लगायतका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए ।  ...
पोखराबाट फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखराबाट फ्लाई दुबईको आजदेखि नियमित उडान

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, समाचार
७ असोज, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आज बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन् । उनले फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको पनि जानकारी दिए । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिने बताइएको छ ।    ...
अस्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ

अस्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ

अन्तर्राष्ट्रिय, पर्यटन, बिशेष, ब्यानर-२, समाचार
१ असोज,काठमाडौं । अस्ट्रेलियाको संघीय सरकारले आप्रवासन प्रणालीमा कडाइ गरेको छ । भिसा अवधि सकिएपछि पनि बस्ने,एउटा अस्थायी भिसाबाट अर्को भिसामा निरन्तर परिवर्तन गर्ने तथा प्रणालीको दुरुपयोग गर्नेहरूमाथि लक्षित नयाँ नियम ल्याएको छ। गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा नयाँ आप्रवासन सुधार नीति सार्वजनिक गर्दै सरकारको लक्ष्य शुद्ध वैदेशिक आप्रवासनलाई कम गर्ने बताएका छन्। बर्कका अनुसार सरकारले आप्रवासनलाई समर्थन गरे पनि आप्रवासन प्रणालीको दुरुपयोग गर्ने गतिविधि स्वीकार नगर्ने नीति लि इएको छ। नयाँ व्यवस्थाअन्तर्गत भिसा अवधि सकिएपछि अस्ट्रेलियामै बसिरहनेलाई लक्षित गरिनेछ । विद्यार्थी भिसा प्रयोग गरेर अर्को भिसामा निरन्तर जाने ‘भिसा हपिङ’ रोक्न पनि नियम कडा बनाइने जनाइएको छ। पर्यटक भिसालाई अस्ट्रेलियामा बसिरहने माध्यमका रूपमा प्रयोग हुन नदिन सबै भिजिटर भिसामा ‘नो फर...
रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

रोटरी क्लब अफ धुलिखेलले ग¥यो बृहत् आँखा शिविर

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२८ भदौ,काठमाडौं ।रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक निःशुल्क बृहत् आँखा शिविर सञ्चालन गरेको छ । शनिबार चौतारा सागाँचोकगदी नगरपालिका–५ , मेलम्ची नगरपालिका–११,बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा एकैचोटी आयोजित उक्त शिविरबाट १ हजार ४ सय जनाको आँखा परीक्षण गरिनुका साथै आवश्यक औषधि समेत वितरण गरिएको शिविरका संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए । शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया समेत गरिएको उनले बताए । शिविर सञ्चालन र व्यवस्थापनका लागि  रोटरी क्लब अष्ट्रेलिया,रोटरी कम्युनिटि क्रब्स सिन्धुपाल्चोक लगायतले सहयोग गरेको क्लब प्रेसिडेन्ट मोहन कुमार श्रेष्ठले बताए ।...
सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

सरकारले भन्यो-भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
१७ भदौ,काठमाडौं । भदौ १० गतेको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको सो प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्ला तथा धादिङ,गोर्खा र चितवनलाई मध्यम प्रभावितमा सूचीकृत गरेको छ। मृत्यु र बेपत्ता नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण  हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी मृत्यु चितवनमा ३२१ जनाको भएको छ भने नवलपरासी पूर्वमा २१६,नवलपरासी पश्चिममा १७०,नुवाकोटमा ९५,गोर्खामा ६५,धादिङमा ५५,तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ। देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त ...