
८ असोज,न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा भएको भेटवार्तामा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरेकि छिन् ।
दुवै मन्त्रीहरूले नेपाल–फिनल्यान्ड सम्बन्धका आपसी हित लगायतका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए ।
