
१९ कात्तिक, काठमाडौं ।एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुत्रबारदेखि काम सुरु गर्ने भएको छ ।
सबै सरोकारवाला एकै ठाउँमा उपस्थित भई अनलाइन मार्फत हुने साइबर ठगी नियन्त्रणको काम सेन्टरले गर्न लागेको गृह मन्त्रालयले जनाएको छ ।
सेन्टरमा प्रहरी, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र दूरसञ्चार कम्पनीका कर्मचारी एकै ठाउँमा बसेर २४ घण्टा काम गर्नेछन् ।
दिग्दर्शन २०८२ अनुसार केन्द्रले उजुरी आएको १० मिनेटमै दर्ता गर्ने, १० देखि ६० मिनेटभित्र ठगीको रकम रोक्का गर्ने र डिजिटल प्रमाण सुरक्षित गर्ने छ ।
