राजनीति

जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने

जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२४ भदौ,काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ मा जलेको घरबाट सम्बोधन गर्ने भएका छन्। भक्तपुरको बालकोटबाट अध्यक्ष ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने एमालेका नेता निरोज पौडेलले जानकारी दिए । आन्दोलनका क्रममा विध्वंस फैलँदै गएपछि ओलीले भदौ २४ गते नै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।राजीनामा पछि उनी सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण भएका थिए ।  ...
संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी,उद्धार,पुनर्स्थापना,राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् । संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न सांसदहरुले विभिन्न विधेयक पनि ’ प्रस्तुत गर्ने कार्यसूची छ ।...
गृहमन्त्री गुरुङले गराए स्वास्थ्य परिक्षण

गृहमन्त्री गुरुङले गराए स्वास्थ्य परिक्षण

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्वास्थ्य
२१ भदौ, काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले नेपाली सेनाको अस्पतालमा स्वास्थ्य परिक्षण गराएका छन् । उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो ।साथै खुट्टामा समस्या देखिएको थियो । गुरुङका निजी सचिव जेम्स कार्कीले भने, ‘तीन चार दिनदेखि रुघाखोकी लागेको थियो । खुट्टामा समस्या थियो । अस्पतालमा घाइतेलाई भेट्न जाँदा चेकजाँच गराउनुभएको थियो । चेकजाँचपछिअस्पतालबाट उहाँ फर्किसक्नुभएको छ ।’...
भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७ भदौ,काठमाडौं ।भोटेकोशी -त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ। २२ गते बाढी गएको १३ दिन पुग्छ।तसर्थ सोही दिन सरकारले राष्ट्रिय शोक घोषणा र सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। विशेष प्रस्ताव पारित गर्न आज बुधबार १ बजे बैठक बस्दैछ। बैठकमा सांसदहरूले भोटेकोशी-त्रिशूली बाढीका कारण भएको क्षति,उद्धार तथा राहतको कार्यबारे धारणा राख्ने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।  ...
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७ भदौ,काठमाडौं ।प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्दै छ । भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा सभामुख डोलप्रसाद अर्यालले ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।  
बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

अन्तर्राष्ट्रिय, कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, वातावरण, समाचार
१४ भदौ,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रशासनको पूर्वस्वीकृतिबिना बाढीग्रस्त क्षेत्रमा ड्रोन उडाएमा कानुन बमोजिम कारबाही हुने बताएको छ। प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै उद्धारमा लगातार हेलिकप्टर उडिरहेको र ड्रोनले जोखिम पैदा गरेको जनाएको छ। ‘प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहत कार्यका लागि नेपाल सरकार,गृह मन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,नेपाली सेना एवं निजी क्षेत्रको समन्वयमा हेलिकप्टरहरू पूर्ण क्षमताका साथ निरन्तर परिचालन भइरहेका छन्,’ सूचनामा भनिएको छ।’ ‘उद्धार कार्य भइरहेको समयमा केही व्यक्ति तथा संस्थाहरूबाट स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको पाइएको छ।’ यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भएको र खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न पर्न गएको जनाइएको...
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य
१४ भदौं,काठमाडौं।बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा शनिबारसम्म रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ। कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा शनिबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ । यस्तै,हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले जारी गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्...
मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९ भदौ,काठमाडौं । सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि भोली बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै सो जानकारी दिएको हो। २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नै यस्तो निर्णय भएको मन्त्रालयले जनाएको छ।  ...
विद्युत् महसुल घटाउने सरकारको तयारी

विद्युत् महसुल घटाउने सरकारको तयारी

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौं,काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। समितिले उद्योगहरूलाई समेत सहुलियत दिने विषयमा छलफल गरिरहेको जनाएको छ । वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको बताइएको छ। वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नु परिरहेको प्राधिकरणले जनाएको छ। सिजनल ट्यारिफमार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने संयोजक अंशुकिरण शाहीले बताएका छन्।...
विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८ भदौं,काठमाडौ।सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ,पारदर्शी,प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन् । सञ्चारमन्त्री तिमिल्सिनासँग सोमबार राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीले गरेको भेटमा विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता भएकोप्रति सरकारको ध्यानाकर्षण भएकोबारे छलफल भयो। सरकारी विज्ञापन वितरणमा समस्या दोहोरिन नदिन सबै सरोकारवालले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनको भनाई छ।  ...