राजनीति

गृहमन्त्री र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता

गृहमन्त्री र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता

ताजा अपडेट, राजनीति, समाचार
८ भदौं,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र जेनजी आन्दोलनका घाइतेहरूबिच भेटवार्ता भएको छ। आज सोमबार गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को बनस्थली स्थित केन्द्रीय कार्यालयमा घाइते जेनजी,राइड सेयरिङ चालक,ट्रक दुर्घटनाका घाइतेलगायतसँग भेटवार्ता गरेका हुन्। रास्वपाले पार्टीले आयोजना गरेको नागरिक, नीति र नेतृत्वु विषयक छलफलमा गृहमन्त्री आउने थाहा पाएपछि उनलाई भेट्न पीडितहरू रास्वपाको पार्टी कार्यालय पुगेका थिए।...
मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने नियम बनाएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सो अनुसार नीति ल्याउने मिति तोकिएको छ। सोमबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले साउन १ गते मौद्रिक नीति ल्याउने व्यवस्था गर्ने निर्णय गरेको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।...
सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६ भदौ,काठमाडौं ।सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारले ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना,२०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शुक्रबार मुख्यसचिव सहित बसेको बैठकले सो विषयबारे निर्णय गरेको थियो । जसअनुसार समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने,आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने,सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजना कार्यान्वयनका लागि मातहतका सबै कार्यालयहरुलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।...
चुनाव चिन्ह ‘त्रिभुज’ राखेर दर्ता गरे धवलले पार्टी

चुनाव चिन्ह ‘त्रिभुज’ राखेर दर्ता गरे धवलले पार्टी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९ साउन,काठमाडौं ।राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । ७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिएको छ।शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।...
देउवालाई विश्वप्रकाशको आग्रह– युवा नेतृत्व सहज रूपमा स्वीकार्नुपर्छ

देउवालाई विश्वप्रकाशको आग्रह– युवा नेतृत्व सहज रूपमा स्वीकार्नुपर्छ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९ साउन, काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेआवश्यकता टड्कारो रहेको औंल्याएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा उनले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने जोड दिए। ‘नेपाली कांग्रेस अहिले विधि र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा छ ।युवालाई अगाडि बढाउने विषयमा हामीले ३६ वर्षको युवक देशको प्रधानमन्त्री भएको इतिहासलाई आत्मसात गरेका छौँ भने ५० वर्ष हाराहारीको युवाले पार्टीको नेतृत्व गर्ने कुरालाई पनि सहज रूपमा स्वीकार्नुपर्छ,’ उनले भने । विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने उनको तर्क छ...
संसद्‍मा आज पनि विपक्षीको विरोध,प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान

संसद्‍मा आज पनि विपक्षीको विरोध,प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२ साउन,काठमाडौं।विपक्षी दलहरूले प्रतिनिधिसभामा आज पनि विरोध गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनीहरूले उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवलाई बोल्न समय दिए । उनले पार्टीका तर्फबाट बोल्दै सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने अडान दिए । १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे दुई वटा कुरा राखेका थिए । पहिलो – लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमिया नोट भारत सरकारलाई पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले राखेका थिए । ‘यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ बालेनले भनेक...
स्थानीय तह निर्वाचनमा कम्तीमा १०० महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी छ : गगन थापा

स्थानीय तह निर्वाचनमा कम्तीमा १०० महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने तयारी छ : गगन थापा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२ साउन,काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा मुलुकका ७ सय ५३ पालिकामध्ये कम्तीमा १०० वटामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाउने गरी पार्टीले तयारी थालेको बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई पूर्ण समावेशी बनाउँदै सबै समुदायको समान सहभागिता सुनिश्चित गर्ने बताए। उनले केवल चुनावी प्रतिष्पर्धा मात्र नभई,निर्वाचित हुने जनप्रतिनिधिहरूलाई शासन सञ्चालनका लागि दक्ष बनाउन विशेष प्रशिक्षणको समेत योजना रहेको जानकारी दिए। आदिवासी जनजाति महासंघको नेतृत्वलाई स्थानीय तथा प्रदेश तहमा नेतृत्व लिन इच्छुक र योग्य व्यक्तिहरूलाई पहिचान गरी पार्टीको यस अभियानमा जोड्न आग्रह गरे । उनले भने, ‘हामी आगामी दिनमा मेयर, उपमेयर र वडा अध्यक्षका प्रत्यासीहरूलाई प्रशिक्षित र तयार गर्न ...
सभामुखको निर्देशन : ‘संसद्‍मा कालो चस्मा खोल्नू, बैठक चल्दा सेयर कारोबार नगर्नू’

सभामुखको निर्देशन : ‘संसद्‍मा कालो चस्मा खोल्नू, बैठक चल्दा सेयर कारोबार नगर्नू’

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनार लगायतले संसद्‍मा आउँदा पनि कालो चस्मा छोड्दैनन् । रास्वपाबाट निर्वाचित भएका उनीहरूका पोसाक र चस्माले संसद्‍मा समेत बहसको विषय बनेको छ । यो संसदीय मर्यादा अनुकूल नभएको भन्दै प्रश्न उठ्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा कालो चस्मा नलगाई तोकिएको ड्रेसकोडमा उपस्थित हुन निर्देशन दिएका हुन्। बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को मर्यादा र गरिमाका साथै सांसदहरुका अनुशासन लगायतका विषयमा छलफल भएको थियो ।सो छलफलको क्रममा सभामुख अर्यालले ड्रेसकोड पालना गर्नरगराउन र अनुशासनमा राख्न सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका थिए । तोकिएको पोशाक र सांसदको लोगो लगाउन तर कालो चस्मा नलगाउन निर्देशन दिएको सभामुख अर्यालका स्वकीय सचिव नवराज ...
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८ साउन, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार पक्राउ गरेको हो । उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका थिए ।हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेको बताएका थिए । प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्ने बताएका थिए।...
रास्वपा सांसद पौडेलकाे प्रश्न : गफ डिजिटल युगको,तर सामान्य काममा पनि सर्भर डाउन भो

रास्वपा सांसद पौडेलकाे प्रश्न : गफ डिजिटल युगको,तर सामान्य काममा पनि सर्भर डाउन भो

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४ साउन,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद उत्तम पौडेलले सरकारी कार्यालयहरूमा व्याप्त बेथिति,कर्मचारीको मनोमानी र ‘सर्भर डाउन’ का नाममा सर्वसाधारणले पाइरहेको सास्तीप्रति सरकारको आलोचना गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले सरकारले चुस्त सेवा दिने दाबी गरे पनि व्यवहारमा नागरिकले ठुलो कष्ट भोग्नुपरिरहेको बताए।सांसद पौडेलले सरकारी कार्यालयहरूमा ‘सर्भर डाउन’ को समस्या एउटा गम्भीर रोगको रूपमा देखा परेको उल्लेख गरे । ‘राहदानी निकाल्न जाँदा सर्भर डाउन, वडा कार्यालयमा सिफारिस लिन जाँदा सर्भर डाउन, नगरपालिका, यातायात र राजस्व तिर्न जाँदा पनि सर्भर डाउन,’ उनले आक्रोश व्यक्त गर्दै भने, ‘हामी डिजिटल युगको कुरा गरिरहेका छौँ, तर सामान्य सेवा पनि डिजिटल माध्यमबाट दिन सकिँदैन भने कसरी विश्वास गर्ने ?’ उनले यो समस्या दुई–चार मिनेट वा एक–दुई घण्टाको मात्र नभई हप्तौँस...