कानुन

काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२८ भदौ, काठमाडौं ।खाना पकाउने ग्यास सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले ग्यास सजिलै पाउन नसकेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय,काठमाडौंले चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै कुनै बिक्रेताले ग्यास लुकाएको वा स्टक भएर पनि बिक्री नगरेको जानकारी प्राप्त भएमा तत्काल खबर गर्न उपभोक्तालाई आग्रह गरेको छ। यस्तो गतिविधि देखिएमा जिल्ला प्रशासन कार्यालय,काठमाडौंका सूचना अधिकारीको फोन नं ९८५१३३८३२२  मा जानकारी दिन भनिएको छ। प्रशासनले जिल्लाभर नै ग्यासको आपूर्ति र वितरणमा अनुगमन गरिरहेको छ । तोकिएको मूल्यभन्दा बढी रकम लिनेलाई पनि कालोबजारीसम्बन्धी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रसाशनले स्पष्ट पारेको छ।...
बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन नउडाउनू : विपद् प्राधिकरण

अन्तर्राष्ट्रिय, कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, राजनीति, वातावरण, समाचार
१४ भदौ,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रशासनको पूर्वस्वीकृतिबिना बाढीग्रस्त क्षेत्रमा ड्रोन उडाएमा कानुन बमोजिम कारबाही हुने बताएको छ। प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै उद्धारमा लगातार हेलिकप्टर उडिरहेको र ड्रोनले जोखिम पैदा गरेको जनाएको छ। ‘प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहत कार्यका लागि नेपाल सरकार,गृह मन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,नेपाली सेना एवं निजी क्षेत्रको समन्वयमा हेलिकप्टरहरू पूर्ण क्षमताका साथ निरन्तर परिचालन भइरहेका छन्,’ सूचनामा भनिएको छ।’ ‘उद्धार कार्य भइरहेको समयमा केही व्यक्ति तथा संस्थाहरूबाट स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको पाइएको छ।’ यसबाट हवाई सुरक्षामा गम्भीर जोखिम पैदा भएको र खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न पर्न गएको जनाइएको...
विद्युत् महसुल घटाउने सरकारको तयारी

विद्युत् महसुल घटाउने सरकारको तयारी

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौं,काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। समितिले उद्योगहरूलाई समेत सहुलियत दिने विषयमा छलफल गरिरहेको जनाएको छ । वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको बताइएको छ। वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नु परिरहेको प्राधिकरणले जनाएको छ। सिजनल ट्यारिफमार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने संयोजक अंशुकिरण शाहीले बताएका छन्।...
नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

कानुन, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
८ भदौ,काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आज सोमबारबाट सर्वसाधारणका लागि आंशिक रुपमा खुला गरिएको  छ। चार पाङ्ग्रे साना सवारी कार,जिप,भ्यान लगायतका लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा.विजय जैसीले बताए। अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । जैसीका अनुसार अन्य ठूला सवारी साधनले परीक्षणकालपछि प्रवेश गर्न सक्नेछन् ।  तत्कालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुने बताइएको छ ।...
मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने नियम बनाएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सो अनुसार नीति ल्याउने मिति तोकिएको छ। सोमबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले साउन १ गते मौद्रिक नीति ल्याउने व्यवस्था गर्ने निर्णय गरेको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।...
नेपाल–भारत सीमामा कडा निगरानी गरिने

नेपाल–भारत सीमामा कडा निगरानी गरिने

अन्तर्राष्ट्रिय, कानुन, ताजा अपडेट, पर्यटन, समाचार
६ भदौं, काठमाडौं ।नेपाल र भारत सीमामा कडाइ गर्ने निर्णय भएको छ ।नेपाल र भारतबिच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकले सो निर्णय गरेको हो । कार्यदलको १४ औँ बैठक भारतको देहरादूनमा भदौ ४ र ५ गते बसेको थियो । दुवै देशका नागरिकहरूको सीमा पार आवागमनलाई सहज बनाउने,तेस्रो मुलुकका नागरिकको निगरानीमा कडाइ गर्ने,विपद् व्यवस्थापन र जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको गृह मन्त्रालयले जनाएको छ । सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभी जस्ता आधुनिक प्रविधिको प्रयोगबाट सुरक्षा निगरानी बढाउन पनि दुवै पक्ष सहमति भएको मन्त्रालयले जानकारी दिएको छ । दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवम् पारस्परिक कानुनी सहायताका विषयमा पनि छलफल भएको जनाइएको छ । बैठकमा सन् २०२५ मा नेपालको पोखरा...
सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६ भदौ,काठमाडौं ।सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारले ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना,२०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शुक्रबार मुख्यसचिव सहित बसेको बैठकले सो विषयबारे निर्णय गरेको थियो । जसअनुसार समस्या पहिचान गरी कम लागतमा तत्काल प्रभाव पार्ने सुधारका काम कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीले अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने,आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउने,सेवाको समय र लागत घटाउने तथा प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखेको छ। कार्ययोजना कार्यान्वयनका लागि मातहतका सबै कार्यालयहरुलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।...
सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, विचार, समाचार
२ भदौ,काठमाडौं ।सार्वजनिक यातायातमा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय र ४३ वर्षीय पुरुष छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।  ...
ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२८ साउन,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको हो। जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको थियो। अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम ९१४.१८५ केजी पाइएको प्रशासनले जनाएको छ। उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत तोकिएको भन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर...
काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
२५ साउन,काठमाडौँ। काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गत साउन २२ गते नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेहरूमा देशका विभिन्न जिल्लामा घरभइ हाल नयाँ बसपार्क बस्ने ३१ वर्षीय युवा, गोंगबु बस्ने ३३ वर्षीय युवा ,नयाँ बसपार्क बस्ने ३३ वर्षीय युवा र ३१ वर्षीय युवा रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ७ थान मोबाइल, ५७ हजार ९६ रुपैयाँ नगद, २ थान ताल्चा र १ थान ह्याक्सो ब्लेडसमेत बरामद गरेको छ । साउन २२ गते दिउँसो वनस्थली क्षेत्रमा लुटपाट गरी फरार भएका उनीहरूलाई घटनाको केही समयभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमत...