
९ कार्तिक,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज सोमबारबाट सुूरू हुँदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरू हुने उद्घाटनमा भिड्दै गरेको टिम फाइनल खेलीसकेको र उपाधी जितीसकेको टिम हो ।
खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। सो खेलको प्रधानमन्त्री बालेन्द्र साहले उद्घाटन गर्दै छन्।
लुम्बिनीको टिममा कप्तान रोहित पौडेल,सन्दीप जोरा,शेर मल्ल, दीनेश अधिकारी,दीलिप नाथ,किशोर महत्तो टोलीका प्रमुख घरेलु खेलाडी हुन्।
लुम्बिनीको टिममा अघिल्लो संस्करणमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल नामिबियाका रुवेन ट्रम्पलम्यान,अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोशन डिकवेला,बंगलादेशका समिमा हुसैन जस्ता विदेशी खेलाडीको साथ लुम्बिनीलाई छ।
दीपेन्द्रसिंह ऐरिको कप्तानीमा रहेको सुदूरपश्चिमको टिममा पाकिस्तानका पूर्वकप्तान मिस्बाह उल हक मुख्य प्रशिक्षक रहेका छन्।
टोलीमा दीपेन्द्रसँगै आरिफ शेख,विनोद भण्डारी,इसान पाण्डे,अविनास बोहोरासँगै इङ्ल्याण्डका ब्याटर सैफ जैब,न्युजिल्यान्डका स्कट कुगुलेइन र स्कटल्याण्डका ब्रान्डन म्याकमुलनसँगै वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड रहेका छन्।
लुम्बिनी र सुदूरपश्चिमबीच यो एनपिएलमा जम्मा ३ पटक प्रतिस्पर्धा भएको छ।जसमा सुदूरपश्चिमले ३ मध्ये २ खेल जितेको छ।तर अघिल्लो संस्करणको फाइनलमै सुदुरपश्चिम लुम्बिनीसँग ६ विकेटले हारेको छ।
आइसिसीबाट मान्यता प्राप्त एनपिएल क्रिकेट आगामी मंसीर ५ गतेसम्म चल्नेछ। २७ दिने प्रतियोगितामा ३२ वटा खेल हुनेछन्।
प्रतियोगिताको विजेता टोलीले १ करोड ५० लाख प्राप्त गर्नेछ। उपविजेताले ८० लाख , तृतीय हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख पाउनेछ।यसअघि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पाउँथ्यो।
प्रतियोगितामा यो संस्करणबाट डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुँदैछ।नेपाली भूमिमा पहिलो पटक प्रयोग हुन लागेको यो प्रविधीलेएलबीडब्ल्युको रिभ्यु गर्नेछ।
यस्तै रनआउट,स्टम्पिङ र नो बलको पनि रिभ्यु हुनेछ। ब्याटमा लागेको एज डिटेक्सन,हाइटको वाइड,छक्काको लम्बाइ र उचाइ मापन आदी पर्नेछन्। एनपीएलमा बनाएका रेकर्डहरू आधिकारिक रेकर्डका रूपमा समावेश हुने छन्।
आईसीसीले जुनसुकै खेलाडी पनि ल्याउने अनुमति दिएको छ।यसअघि एक सिजनमा एउटा टोलीले ४ जनासम्म विदेशी खेलाडी ल्याउन पाउथे भने तेस्रो संस्करणबाट ८ जनासम्म विदेशी खेलाडी ल्याउन पाउने भएको छ।
