कृषि

उखुको समर्थन मूल्य तोक्ने तयारी,लागत अध्ययन सुरु

उखुको समर्थन मूल्य तोक्ने तयारी,लागत अध्ययन सुरु

अर्थतन्त्र, कृषि, ताजा अपडेट, बिशेष, समाचार
९ भदौ, काठमाडौं । उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको छ।   कृषि विभागले तराईका ११ वटा जिल्लाहरूमा स्थलगत अध्ययन सुरु गरिसकेको छ । सुनसरी,मोरङ,सिराहा,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,नवलपरासी,बर्दिया,कैलाली र कञ्चनपुरमा पुगेर किसानको उत्पादन लागत र  खर्चको तथ्यांक जुटाइरहेको विभागले जानकारी दिएको छ। अघिल्लो वर्ष सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र किसानलाई दिइने अनुदान ७० रुपैयाँ कायम गरेको थियो ।    ...
बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

बिचौलियाबाट बचाउन पोल्ट्री व्यवसायीको माग

कृषि, ताजा अपडेट, ब्यानर-१, समाचार
८ भदौ,काठमाडौं ।पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।बिचौलियाको जालो तोड्न आवश्यक रहेको भन्दै उनीहरुले आन्दोलन गरेका छन् । बिचौलियाहरुका कारण साना किसान मर्कामा परको भन्दै देशका विभिन्न स्थानबाट सोमबार काठमाडौं आएर किसानले माइतिघर मण्डलमा प्रदर्शन गरेका हुन्। किसान र उपभोक्तालाई सिधैं जोड्नु पर्ने र बिचौलियाको जालो तोड्नु पर्ने सरकारसँग साना किसानको माग छ । साथै पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने,दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने,वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने,दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने लगायतका मागसमेत राखेका छन् । लगानीको ग्यारेन्टी गर्न पनि किसानको माग छ ।...
घट्यो गोलभेँडा , थोक मूल्य प्रतिकिलो ६ रुपैयाँ

घट्यो गोलभेँडा , थोक मूल्य प्रतिकिलो ६ रुपैयाँ

कृषि, ताजा अपडेट, ब्यानर-२, समाचार
३० असार,काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य अत्याधिक घटेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो । तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ । सोमबार प्रतिकिलो थोकमा ८ रुपैयाँमा किनबेच भएको थियो । यस्तै नेपाली ठूलो गोलभेँडा मंगलबार प्रतिकिलो थोकमा औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी टनेलको गोलभेँडाको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतिकिलो १४ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो १३ रुपैयाँ कायम भएको जनाइएको छ ।  ...
आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

कृषि, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ४५,गोलभेँडा सानो लोकल प्रतिकिलो १२, गोलभेँडा सानो टनेल प्रतिकिलो २२,आलु रातो लाम्चो प्रतिकिलो ४६,आलु रातो गोलो प्रतिकिलो ४३, आलु रातो मुढे प्रतिकिलो ४४,आलु रातो भारतीय प्रतिकिलो ३२ रहेको छ । यस्तै सेतो आलु प्रतिकेजी ३२,प्याज सुकेको भारतीय प्रतिकिलो ५५ रहेको छ । गाजर लोकल प्रतिकिलो ११०, गाजर तराई प्रतिकिलो १००, बन्दा लोकल प्रतिकिलो ४०,काउली स्थानीय प्रतिकिलो ९०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला हाइब्रिड प्रतिकिलो ३०,भन्टा लाम्चो प्रतिकिलो २५ र भन्टा डल्लो प्रतिकिलो ४० कायम भएको जनाइएको छ । यसैगरि बोडी तने प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ५०, घिउ सिमी ९लोकल० प्रतिकिलो ६०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ६०, घिउ सिमी ९राजमा० प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो...
किसान सूचीकरण तीव्र,२६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

किसान सूचीकरण तीव्र,२६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

अर्थतन्त्र, कानुन, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२२ असार,काठमाडौं । किसान सूचीकरण कार्यक्रमले तीव्रगति लिएको छ ।नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको हो। यो कार्यक्रम सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको छ ।सरकारले आर्थिक वर्ष २०८२ ÷८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान सूचीकृत हुने लक्ष्य लिइएको छ । पछिल्लो समय कृषि, वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहको निरन्तर प्रयासबाट हालसम्म उल्लेख्य सङ्ख्यामा किसान सूचीकरण भएका छन् । देशैभरबाट २६ लाख ४५ हजार किसान परिवार अर्थात ६४ प्रतिशत किसान आबद्ध भएको मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले उल्लेख गरेको छ ।आगामी आव देखि किसान वर्गीकरणसहित परिचयपत्र वितरण गर्ने तयारी मन्त्रालयको छ ...
काभ्रेमा किसानहरूले महादेवको पूजा गरेर मागे पानी

काभ्रेमा किसानहरूले महादेवको पूजा गरेर मागे पानी

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३ असार, काभ्रेपलाञ्चोक । लामो समयदेखि वर्षा नभएर बालीनाली सुक्न थालेपछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० र ८ का किसानहरूले महादेवको पूजा गरेर पानी मागेका छन् । मण्डनदेउपुर नगरपालिका–१० का किसानले मण्डन क्षेत्रकै सबैभन्दा अग्लो थानडाँडा (थामीडाँडा) स्थित महादेव मन्दिरमा विशेष पूजा गरि वर्षाको कामना गरेका हुन् । यस्तै मण्डनदेउपुर नगरपालिका–८ का किसानले पनि नरसिंगेश्वोर महादेव मन्दिरमा महारुद्री लगाएर महादेवसँग पानी मागेका छन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा यस क्षेत्रमा यस्तो परम्परा प्रचलनमा रहे पनि पछिल्ला केही वर्षदेखि यो चलन कम देखिएको थियो । यसपटक भने जोगिटार र धाईटारका सयौँ किसानले फेरी भगवानसँग पानी मागे । कृषि उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उनीहरुले ‘हर हर महादेव, पानी देऊ’ भन्दै महादेवको पूजा–आराधना गरी वर्षाको कामना गरेका छन् ।किसानका अनुसार यसरी पूजा ग...
पुनः प्रभावशाली बन्दै सिंहदरबार वैद्यखाना

पुनः प्रभावशाली बन्दै सिंहदरबार वैद्यखाना

कृषि, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
४ असार, काठमाडौं । देशकै पुरानो आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखाना पुनः प्रभावशाली बन्दै छ । वषौंदेखि अस्तित्वको लडाइँ लड्दै गरेको यो आयुर्वेद औषधालयमा औषधी उत्पादन र प्याकेजींग भइरहेको छ । यतिवेला वैद्यखानाका निर्देशक डा. प्रदीप केसी छन् । योसँगै उनको नेतृत्वले सो कम्पनीलाई पुनःजीवित गराएको छ ।संस्थागत संरचना, निर्णय प्रक्रिया र व्यवस्थापनका कमजोरी,नेतृत्व स्थायित्वको अभाव,राजनीतिक हस्तक्षेप र अधिकारहीन व्यवस्थापनले यसमा चुनौती थपेको निर्देशक डा. केसीको ठहर छ । उनका अनुसार वैद्यखानाको पुनर्जागरणको एउटा महत्वपूर्ण मोड कोशी प्रदेशसँगको सरकारी–सरकारी (जीटुजी) सम्झौता पनि हो ।प्रदेशका स्वास्थ्य संस्थालाई आवश्यक आयुर्वेदिक औषधि उपलब्ध गराउने जिम्मेवारी पाएपछि संस्थाले आफ्नो उत्पादन क्षमता प्रमाणित गर्ने अवसर पायो ।  ...
आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

कृषि, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् । ‘आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ प्रतिनिधिसभाको बैठकमा उनले भनिन्  ।  नेपाली बजारको माग मात्रै पूरा नगरी विदेश निर्यात हुने उनको विश्वास छ । साथै, अब नेपाल काठमा पूर्णरुपमा आत्मनिर्भर  हुने उनको भनाइ छ । ...
गोकर्णेश्वरका ३ वडामा बर्डफ्लु पुष्टि

गोकर्णेश्वरका ३ वडामा बर्डफ्लु पुष्टि

कृषि, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
१२ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका ३ वटा वडामा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) पुष्टि भएको छ । नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ ।...
कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कृषि, ताजा अपडेट, बिशेष, समाचार
१० जेठ, काठमाडौं । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको शाखा प्रबन्धक हेमराज जोशीले जानकारी दिए ।   शाखा प्रबन्धक हेमराज जोशीले सहकारीमार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।उनका अनुसार मौज्दात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटाअन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको हो । उनका अनुसार शाखाले आगामी आवश्यकतालाई दृष्टिगत गर्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा माग पठाइसकेको जनाएको छ । “थप मल ...