
२८ भदौं,पोखरा ।रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्।
शनिबार भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
समितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई,द्वितीय उपाध्यक्षमा योगेश भट्टराई,महासचिवमा वीरेन्द्र शेरचन निर्वाचित भएका छन्।यस्तै,सचिवमा रोशन जंग कार्की,कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा निर्वाचित भए।
वैभव पौडेल,भीष्म राज पौडेल,लोकेश ढकाल,कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिल बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने सदस्य पदमामा निर्वाचित भएका छन् ।
