ब्यानर-२

माइतीघरमा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार

माइतीघरमा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार

ताजा अपडेट, ब्यानर-२, समाचार
२४ भदौ, काठमाडौं । माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार गरिएको छ। मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षिया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी थिइन्। प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि उनलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसपी दान बहादुर थापाले बताए।  युवतीलाई ट्रमा सेन्टर पठाइएको छ।  घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।...
नारायणगढ–मुग्लिन सडक आजदेखि आंशिक बन्द

नारायणगढ–मुग्लिन सडक आजदेखि आंशिक बन्द

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२२ भदौ,काठमाडौं ।नारायणगढ–मुग्लिन सडक खण्ड आज सोमबार बिहानदेखि आंशिक बन्द हुने भएको छ । तुइन खोला परिसरमा पहिरो रोकथाम कार्य गरिने भएकाले सवारी आवागमनमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको चितवन प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।‘ धादिङको कृष्णभिरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने छ ।‘  सूचनामा उल्लेख छ। नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे,१०ः३० बजेदेखि ११ बजे,दिउँसो १ बजेदेखि १ः३० बजे,३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ । तोकिएको समयमा बाहेक अन्य समयमा सवारी रोक्न बाध्य भइने जनाइएको छ ।...
ग्यास अभाव नहुने निगमको दाबी

ग्यास अभाव नहुने निगमको दाबी

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ भदौ,काठमाडौं । पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको नेपाल आयल निगमले जनाएको छ। तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमको भनाई छ । निगको तथ्यांक अनुसार १८ देखि २० भदौसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ। काठमाडौं,धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा,पर्सा,मकवानपुर,चितवन,नवलपरासी,धनुषा र महोत्तरी जिल्लामा अवस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको छ । उपत्यका भित्रिएका ग्यासमा श्री,सूर्य,ओम,श्रीराम,सगर,साईबाबा,श्रीकृष्ण,श्रीमाया,लोकप्रिय , एभरेस्टरसुगम,नेपाल,एचपी,एसटीसी,सिद्धार्थ, हिमाल,सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन्।  ग्यास आपूर्ति तथा बिक्री वितरण व्यवस्थित बनाउने निगमको भनाइ छ ।...
भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७ भदौ,काठमाडौं ।भोटेकोशी -त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ। २२ गते बाढी गएको १३ दिन पुग्छ।तसर्थ सोही दिन सरकारले राष्ट्रिय शोक घोषणा र सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। विशेष प्रस्ताव पारित गर्न आज बुधबार १ बजे बैठक बस्दैछ। बैठकमा सांसदहरूले भोटेकोशी-त्रिशूली बाढीका कारण भएको क्षति,उद्धार तथा राहतको कार्यबारे धारणा राख्ने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।  ...
बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घबाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुनेछन् । स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ ।  ...

दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग,निःशुल्क आँखा उपचार सुरु

ताजा अपडेट, ब्यानर-२, समाचार
१४ भदौ, काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले आर्थिक सहयोगको घोषणा गरेको छ। संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको हो। यसका साथै बाढी प्रभावितहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सुरु गरिएको संस्थाले जनाएको छ। दृष्टि आई केयर सिस्टमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.भाइराजा श्रेष्ठका अनुसार,संस्थाको तर्फबाट १२ लाख १ हजार रुपैयाँ र सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख रुपैयाँ गरी कुल १६ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ। संस्थाले आफ्ना विभिन्न शाखाहरूमार्फत निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ। काठमाडौंको कलंकीस्थित दृष्टि आई केयर सेन्टर,धादिङको गल्छी सामुदायिक आ...
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य
१४ भदौं,काठमाडौं।बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा शनिबारसम्म रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्नेक्रम बढेको छ। कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा शनिबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ । यस्तै,हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले जारी गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्...
मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९ भदौ,काठमाडौं । सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि भोली बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै सो जानकारी दिएको हो। २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ। सोही व्यवस्थाअनुसार नै यस्तो निर्णय भएको मन्त्रालयले जनाएको छ।  ...
विद्युत् महसुल घटाउने सरकारको तयारी

विद्युत् महसुल घटाउने सरकारको तयारी

अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौं,काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। समितिले उद्योगहरूलाई समेत सहुलियत दिने विषयमा छलफल गरिरहेको जनाएको छ । वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको बताइएको छ। वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ नोक्सानी बेहोर्नु परिरहेको प्राधिकरणले जनाएको छ। सिजनल ट्यारिफमार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने संयोजक अंशुकिरण शाहीले बताएका छन्।...
मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने नियम बनाएको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सो अनुसार नीति ल्याउने मिति तोकिएको छ। सोमबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले साउन १ गते मौद्रिक नीति ल्याउने व्यवस्था गर्ने निर्णय गरेको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।...