ब्यानर-२

‘गोदावरी फूल प्रदर्शनी’ हुँदै

‘गोदावरी फूल प्रदर्शनी’ हुँदै

अर्थतन्त्र, कृषि, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रदर्शनीमा नर्सरी तथा फर्मले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइनेछ । व्यावसायिक रूपमा उत्पादन भएका गोदावरीका विभिन्न जात र यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिने उह...
आजबाट एनपिएलको तेस्रो संस्करण सुरु हुँदै,लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आजबाट एनपिएलको तेस्रो संस्करण सुरु हुँदै,लुम्बिनी र सुदूरपश्चिम भिड्दै

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
९ कार्तिक,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज सोमबारबाट सुूरू हुँदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरू हुने उद्घाटनमा भिड्दै गरेको टिम फाइनल खेलीसकेको र उपाधी जितीसकेको टिम हो । खेल रोमान्चक हुने अपेक्षा गरिएको छ। सो खेलको प्रधानमन्त्री बालेन्द्र साहले उद्घाटन गर्दै छन्। लुम्बिनीको टिममा कप्तान रोहित पौडेल,सन्दीप जोरा,शेर मल्ल, दीनेश अधिकारी,दीलिप नाथ,किशोर महत्तो टोलीका प्रमुख घरेलु खेलाडी हुन्। लुम्बिनीको टिममा अघिल्लो संस्करणमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल नामिबियाका रुवेन ट्रम्पलम्यान,अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोशन डिकवेला,बंगलादेशका समिमा हुसैन जस्ता विदेशी खेलाडीको साथ लुम्बिनीलाई छ। दीप...
मौंसम पूर्वानुमान : कस्तो रहनेछ आजको मौसम ?

मौंसम पूर्वानुमान : कस्तो रहनेछ आजको मौसम ?

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४ कात्तिक,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज बुधबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तर बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।...
नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज

नेपाली सेनाले जडान गर्‍यो आरुघाटमा बेलीब्रिज

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३ कार्तिक,काठमाडौँ। नेपाली सेनाले धादिङ र गोरखा जिल्ला जोड्ने आरुघाटस्थित बेलीब्रिज जडान गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको छ। बूढीगण्डकी नदीमा आएको बाढीले पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि नेपाली सेनाले बेलीब्रिज जडान गरेको हो। सेनाले असोज ३१ गतेदेखि जडान कार्य सुरु गरी कात्तिक १ गते सम्पन्न गरेको थियो।  ९० फिट (२७.४३ मिटर) लम्बाइ र १३.७८ फिट (४.२ मिटर) चौडाइको बेलीब्रिज जडान भएपछि धादिङ र गोरखाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने विश्वास सेनाले लिएको छ। यसबाट बाढी प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानी गर्नसमेत सहज हुनेछ।  ...
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

बिशेष, ब्यानर-२, समाचार
३१ असोज, काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरेको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद कठिन घडीमा नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखेर गरिएको खोज,उद्धार,राहत र स्थानान्तरणमा सुरक्षा फौज समन्वयका साथ सक्रिय रूपमा परिचालित थियो । जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेकोले सर...
आज यी पाँच प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

आज यी पाँच प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३० असोज,काठमाडौं ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल,लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशको हिमाली भूभागका थोरै स्थानमा,लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा तथा हल्का वर्षा र हिमपातको सम्भावना छ।...
शिक्षा मन्त्रालयद्वारा सातै प्रदेशमा कार्यशाला

शिक्षा मन्त्रालयद्वारा सातै प्रदेशमा कार्यशाला

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२९ असोज,काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद तथा कार्यशाला सञ्चालन गरेको हो । बजेटमार्फत अघि सारिएका शिक्षा क्षेत्रका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्यविधि निर्माण,बजेट खर्चको अवस्था र शैक्षिक गुणस्तर सुधारका विषयमा कार्यशालामा छलफल गरिएको थियो । कार्यशालामा शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र  झाका अनुसार गत वर्षको बजेट कार्यान्वयनका सिकाइ, सबल पक्ष, चुनौती र कमजोरीहरूको समीक्षा गर्दै बजेटका...
यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ असोज,काठमाडौं ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। गत आवमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत भएको आईएमएफको तथ्यांक छ।आईएमएफले मंगलबार सार्वजनिक गरेको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले उक्त प्रक्षेपण गरेको हो। नेपाल सरकारले चालु आव ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । तर आईएमएफ मात्रै होइन, केही दिनअघि विश्व बैंकले पनि ३.७ प्रतिशत नै आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । १० भदौमा आएको रसुवा बाढीका कारण चालु आवको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले अनुमान गरेको थियो।विश्व बैंकको ‘नेपाल डेभलपमेन्ट अपडेट’ का अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने भएकाले २०८४–८५ मा ५.२ प्रतिशत उक्लिन स...
सेयर बजार ४.१२ अङ्कले बढ्यो,४ अर्ब ७३ करोडको कारोबार

सेयर बजार ४.१२ अङ्कले बढ्यो,४ अर्ब ७३ करोडको कारोबार

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२७ असोज,काठमाडौं । धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४।१२ अङ्कले बढेर २५९९।९३ विन्दुमा पुगेको छ। आज कुल ३५१ वटा कम्पनीका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर कारोबारमार्फत ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरमा खरीदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये १०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको घटेको छ र ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। मंगलबार कारोबार भएका १३ उपसूचकमध्ये ५ वटामा वृद्धि देखिएको छ भने ८ वटा उपसूचक नकारात्मक रहेका छन्।जीवन बीमा उपसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ। ​आजको कारोबारमा सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक १२.४४ प्रतिशत नाफा कमाएका छन् ।​तर स्नो रिभर लिमिटेडका सेयरधनीहरूले सर्वाधिक १५.०० प्रतिशत गुमाएका छन् । आज कार...
कांग्रेस महामन्त्रीमा प्रदीप,उदय र डिला निर्वाचित

कांग्रेस महामन्त्रीमा प्रदीप,उदय र डिला निर्वाचित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत ल्याएर विजयी भएका हुन् । खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४,अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन् । उनका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका थिए । उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । ...