मौंसम पूर्वानुमान : कस्तो रहनेछ आजको मौसम ?

४ कात्तिक,काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 आज बुधबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तर बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।