स्वास्थ्य

रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१० साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी रश्मी रिजालबारे अनुसन्धान गरेको प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ । घटनास्थलको सीसीक्यामेरामा रिजालको गतिविधि कैद भएको फुटेज फेला परेको हो । जसमा रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिएको प्रहरीले बताएको छ । रिजाल पछाडिको सिटमा बसेको केहीबेरमा गाडीबाट धुवा निस्कन थालेको दृश्य सीसीभीटीमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् । ‘सीसीटीभी फुटेज हेर्दा कुनै संकास्पद घटना देखिँदैन ।तेस्रो पक्षको उपस्थिति पनि देखिँदैन,’ एसपी भट्टराई भन्छन् । प्रारम्भिक अनुसन्धानमा कुनै संकास्पद नदेखिएको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ । तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ ...
रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

रोटरीको हरित अभियान : आरसी काठमाडौं नर्थले रोप्यो २०० फलफूलका विरुवा

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय, स्वास्थ्य
१० साउन,काठमाडौं ।रोटरी क्लब अफ काठमाडौं नर्थले २०० वटा फलफूलका बिरुवा रोपेको छ । “आजको एउटा बिरुवा,भोलिको सुन्दर भविष्य।” भन्ने नाराका साथ हरिशयनी एकादशीको अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनको सन्देश दिन क्लबले काठमाडौंको तारकेश्वर नगरपालिका ५, तिनपिप्लेमा ४ वटा रोट्¥याक्ट कलबसँगको सहकार्य र ग्रीन भ्याली ग्रीन नेपालसँगको समन्वयमा शनिबार सो वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको क्लब प्रेजिडेन्ट सीता पौडेलले जानकारी दिइन् । प्रेजिडेन्ट पौडेलका अनुसार रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालित राष्ट्रव्यापी  “१ लाख बिरुवा रोपण अभियान ” लाई समेत सफल पार्न क्लबले अम्बा,अमला,लप्सी,जामुन,अबोगाडो लगायतका विभिन्न प्रजातिका फलफूल र ज्याक्राण्डा,तेजपत्ता,कपुर,चाँप,कल्की,पारिजात लगायतका फुल तथा वनस्पतिजन्य २०० वटा विरुवा रोपेको हो। सो वृक्षारोपणमा रोटेरियन,रोटर्याक्टर र स्थान...
शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार, स्वास्थ्य
६ साउन, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक बजेट पारित भएको २३ दिनपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउन सरकार तयार भएको छ । प्रधानमन्त्री बालेन शाहले नै स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागु नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्रीले मंगलबार सामाजिक सञ्जालमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको भन्दै हटाइएको जानकारी दिएका हुन्। यो प्रावधानसहितको आर्थिक विधेयक (बजेट) प्रतिनिधिसभाबाट गत असार १४ गते पारित भएको थियो ।प्रतिनिधिसभाबाट बजेट पारित भएको २३ दिनपछि सरकार शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउन तयार भएको हो । संघीय संसद् सचिवालयका अनुसार आर्थिक विधेयकको दफा १८ ले करको दर हेरफेर पूर्ण वा आंशिक रूपमा गर्न सक्ने गरी सरकारलाई संसद्ले अ...
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित,१५ वर्षमुनिका छ जना

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित,१५ वर्षमुनिका छ जना

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२६ असार, बागलुङ। बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् ।  १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उनको भनाइ छ । असुरक्षित यौन सम्पर्क, रगत लिँदारदिँदा तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सर्ने उनको भनाइ छ । समाजमा लाञ्छना र भेदभाव हुने हुँदा सङ्क्रमित पहिचान गर्न समस्या हुने गरेको छ ।  ...
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको  उद्धार

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको उद्धार

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
२६ असार, तनहुँ। तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् । नदीको बिचम अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीको भनाइ छ ।...
आत्मदाह प्रयास गरेका गणेशलाई जरिवाना गरिएको छैन : ट्राफिक प्रहरी

आत्मदाह प्रयास गरेका गणेशलाई जरिवाना गरिएको छैन : ट्राफिक प्रहरी

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२६ असार, काठमाडौं ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीलाई जरिवाना नतिराएको बताएको छ। मुगुको सोरु गाउँपालिका–१ का उनलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको कारण आत्मदाह प्रयास गरेको समाचार आएको भन्दै कार्यालयले त्यसको खण्डनसमेत गरेको हो। सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार छानबिन गर्दा नेपालीलाई कुनै पनि प्रकारको जरिवाना तिराइएको छैन । उनले अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष नआउँदै भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई गरेका छन् । नेपालीले त्रिपुरेश्वरको राहदानी विभाग अगामा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए । ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।...
गुल्मीमा गुणस्तरहीन  मह नष्ट

गुल्मीमा गुणस्तरहीन मह नष्ट

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
२४ असार,गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले त्यहाँबाट करिब ४०० केजी महजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको पदार्थको वास्तविक गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय,तानसेन,पाल्पामा नमुना परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा परीक्षण गरिएका मापदण्डका आधारमा उक्त नमुना नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्डअनुसार नरहेको उल्लेख भएपछि त्यसलाई अखाद्य पदार्थका रहेको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । ...
काठमाडौँ उपत्यका र काभ्रेमा बर्डफ्लु सङ्क्रमण यथावत्

काठमाडौँ उपत्यका र काभ्रेमा बर्डफ्लु सङ्क्रमण यथावत्

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
२४ असार,ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा,मोरङ, सुनसरी,महोत्तरी,बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा.मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहेको र त्यस मध्येमा काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी,१० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी,एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ।विभागले जोखिमयुक्त क...
बालबालिकाको मुख स्वास्थ्यका लागि ‘५० हजार स्माइल्स नेपाल’ अभियान सुरु गरिदैं

बालबालिकाको मुख स्वास्थ्यका लागि ‘५० हजार स्माइल्स नेपाल’ अभियान सुरु गरिदैं

ताजा अपडेट, ब्यानर-१, स्वास्थ्य
२२ असार, काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले देशभरका ५० हजार बालबालिकाको मुख स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘५० हजार स्माइल्स नेपाल’अभियान सञ्चालन गर्ने भएको छ। रोटरीको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीले कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर र बीएम फाउन्डेसनसँगको सहकार्यमा सो अभियान सञ्चालन गर्न लागेको हो । उक्त अभियान १ जुलाई २०२६ देखि ३१ जुन २०२७ सम्म सञ्चालन हुने बीएम फाउन्डेसनका अध्यक्ष एवम् रोटरी डिस्ट्रिक्टको डिजिज प्रिभेन्सन एन्ड ट्रिटमेन्ट कमिटीका सदस्य डा.बुद्धिमान रोटरीयन डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । अभियानअन्तर्गत देशभरका २५० भन्दा बढी विद्यालयमा पुगेर ५० हजार बालबालिकाको मुख स्वास्थ्य परीक्षण, मुख स्वास्थ्यसम्बन्धी शिक्षा तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने परियोजना संयोजक समेत रहेका उनको भनाइ छ।...
डा. चेतना पौडेल जोडिएको रिट खारेज

डा. चेतना पौडेल जोडिएको रिट खारेज

कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१८ असार,काठमाडौं ।उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलको कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रालिले दायर गरेको रिट निवेदन खारेज गरेको छ। डा. चेतना पौडेल जोडिएको उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गरेको थियो। उच्च अदालतको फैसलासँगै आधुनिक चिकित्सा (एलोपेथी) को अभ्यास, नियमन तथा त्यससम्बन्धी कानुनी अधिकार नेपाल मेडिकल काउन्सिलमै निहित रहेको उल्लेख गरिएको छ। नेचुरोपेथीलगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा निदान र उपचारसम्बन्धी क्षेत्रमा हस्तक्षेप गर्न नपाउने अदालतको निर्णयले कानुनी व्यवस्थालाई थप पुष्टि गरेको जनाइएको छ । यो फैसलालाई नेपाल मेडिकल काउन्सिलको नियामक अधिकारलाई न्यायिक रूपमा समर्थन...