
२२ भदौ,काठमाडौं । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज सोमबार राष्ट्रिय शोक मनाइँदै छ।
भदौ १८ मा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी अहिलेसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको तथ्यांक छ । ४ हजार ९९६ जना सम्पर्कविहीन छन्।
६ हजार ८३ जना घाइते छन् । खोज,उद्धार तथा राहतका लागि २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन भएका छन्।
बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्ममा १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको तथ्यांक छ।
