
२२ भदौ,काठमाडौं ।नारायणगढ–मुग्लिन सडक खण्ड आज सोमबार बिहानदेखि आंशिक बन्द हुने भएको छ ।
तुइन खोला परिसरमा पहिरो रोकथाम कार्य गरिने भएकाले सवारी आवागमनमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको चितवन प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।‘
धादिङको कृष्णभिरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने छ ।‘ सूचनामा उल्लेख छ।
नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे,१०ः३० बजेदेखि ११ बजे,दिउँसो १ बजेदेखि १ः३० बजे,३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ ।
तोकिएको समयमा बाहेक अन्य समयमा सवारी रोक्न बाध्य भइने जनाइएको छ ।

