
२२ भदौ,काठमाडौं ।भदौ १० को विनाशकारी बाढीपछि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका विद्यालयहरू बुधबारबाट खुल्ने भएका छन्।
आइतबार बसेको नगर कार्यपालिका बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलका अनुसार अस्थायी आवास केन्द्रको रूपमा उपयोग गरिएका र पूर्ण रूपमा क्षति भएका बाहेकका विद्यालयहरू अब नियमित सञ्चालनमा ल्याइने भएको हो ।
