
२४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी,उद्धार,पुनर्स्थापना,राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् ।
संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ ।
बैठकमा विभिन्न सांसदहरुले विभिन्न विधेयक पनि ’ प्रस्तुत गर्ने कार्यसूची छ ।
