माइतीघरमा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार

२४ भदौ, काठमाडौं । माइतीघर मण्डलामा आत्मदाह प्रयास गरेकी युवतीको उद्धार गरिएको छ। मंगलबार साँझ गोरखा घर भएकी ३० वर्षिया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी थिइन्।

प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि उनलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसपी दान बहादुर थापाले बताए।

 युवतीलाई ट्रमा सेन्टर पठाइएको छ।  घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।