गृहमन्त्री गुरुङले गराए स्वास्थ्य परिक्षण

२१ भदौ, काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले नेपाली सेनाको अस्पतालमा स्वास्थ्य परिक्षण गराएका छन् ।

उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो ।साथै खुट्टामा समस्या देखिएको थियो ।

गुरुङका निजी सचिव जेम्स कार्कीले भने, ‘तीन चार दिनदेखि रुघाखोकी लागेको थियो । खुट्टामा समस्या थियो ।

अस्पतालमा घाइतेलाई भेट्न जाँदा चेकजाँच गराउनुभएको थियो । चेकजाँचपछिअस्पतालबाट उहाँ फर्किसक्नुभएको छ ।’