
२१ भदौ,काठमाडौं । पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा झन्डै ८८ हजार थान खाना पकाउने एलपी ग्यास सिलिन्डर भित्रिएको नेपाल आयल निगमले जनाएको छ।
तराईका उद्योगहरूबाट रिफिल गराएर उक्त परिमाणमा ग्यास भित्र्याएको निगमको भनाई छ ।
निगको तथ्यांक अनुसार १८ देखि २० भदौसम्म ८७ हजार ८ सय ७७ सिलिन्डर ग्यास काठमाडौं ल्याइएको छ।
काठमाडौं,धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा,पर्सा,मकवानपुर,चितवन,नवलपरासी,धनुषा र महोत्तरी जिल्लामा अवस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको छ ।
उपत्यका भित्रिएका ग्यासमा श्री,सूर्य,ओम,श्रीराम,सगर,साईबाबा,श्रीकृष्ण,श्रीमाया,लोकप्रिय , एभरेस्टरसुगम,नेपाल,एचपी,एसटीसी,सिद्धार्थ, हिमाल,सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन्।
ग्यास आपूर्ति तथा बिक्री वितरण व्यवस्थित बनाउने निगमको भनाइ छ ।
