फैलियो बर्डफ्लु, काठमाडौं उपत्यका र काभ्रेमा बढ्दो संक्रमण
९ असार, काठमाडौं । मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ ।
पशु सेवा विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको छ ।
विभागका अनुसार हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु फैलिसकेको छ ।
यी जिल्लाका कुल ८२ स्थानमा प्रयोगशाला परीक्षणबाट बर्डफ्लु भएको प्रमाणित भएको हो । संक्रमण तत्काल नियन्त्रणमा लिन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिए ।
रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पन्छी र पन्छीजन्य सामग्री नष्ट छ । हालसम्मको तथ्यांक अनुसार संक...







