भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली

१४ भदौ, काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू नेपाल आइपुगेका छन्।

१८ जनाको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।

मृत शरीरहरूको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीहरू प्राप्त भइरहेको राईले बताएका छन् ।

सरकारले बाढीबाट ज्यान गुमाउनेहरूको शव खोज्ने क्रम तिब्र बनाएको छ ।