बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घबाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।

१० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुनेछन् । स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ ।