अपराध

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

अपराध, कानुन, ताजा अपडेट, बिशेष, समाचार
१४ असोज, जाजरकोट । जाजरकोटमा ७५ वर्षीया ससुराको हत्या गरेको आरोपमा प्रहरीले  बुहारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन ११ गते राति करिब ८ बजे घरको सिँढीमा घाँटीमा धारिलो हतियार प्रहार गरिएको र मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियार समेत बरामद भएको छ। अनुसन्धानका क्रममा मृतकका जेठा छोराले असोज ७ गते माइली बुहारी विरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले आरोपिलाई निजकै घरबाट पक्राउ गरी हिरासतमा राखेको छ। जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पहिलो पटक १० दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  ...
उपभोक्तालाई ‘विष’ बेच्दै केही व्यापारी,चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

उपभोक्तालाई ‘विष’ बेच्दै केही व्यापारी,चियापत्तीदेखि पुष्टकारीसम्म दूषित

अपराध, अर्थतन्त्र, कानुन, जीवनशैली, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
११ असोज, काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा आकर्षक प्याकेटमा सजिएका मिठाई, पुष्टकारी, गुँदपाक लगायत हुने गर्छन् । बालबालिकालाई चकलेट र बिस्कुट किन्ने अभिभावकदेखि भान्सामा मिठो परिकार बनाउन सुजी र राजमा किन्ने गृहिणीसम्म सबैको विश्वास बजारको त्यही चिल्लो प्याकेजिङ माथि छ । तर,बाहिरबाट हेर्दा पौष्टिक र सफा देखिने ती प्याकेटभित्र केही व्यापारीले नाफाको लोभमा कतिसम्म ‘विष’ भरिरहेका छन् भन्ने डरलाग्दो तथ्य भर्खरै सरकारले गरेको बजार अनुगमन प्रतिवेदनले देखाउँछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली बजार उपभोक्ताका लागि विष किन्ने थलो जस्तै बनेको छ। हामीले पैसा तिरेर दैन...
काठमाडौँमा प्रहरीको स्विप अपरेसन : २४ घण्टामा १२१ जना पक्राउ

काठमाडौँमा प्रहरीको स्विप अपरेसन : २४ घण्टामा १२१ जना पक्राउ

अपराध, कानुन, ताजा अपडेट, बिशेष, समाचार
८ असोज,काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १२१ जना पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिक स्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियागिरी तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधि गर्ने व्यक्ति पक्राउ परेका हुन् । साथै विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार एवं फरार प्रतिवादीसम्म छन् ।  ...
काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२८ भदौ, काठमाडौं ।खाना पकाउने ग्यास सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले ग्यास सजिलै पाउन नसकेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय,काठमाडौंले चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै कुनै बिक्रेताले ग्यास लुकाएको वा स्टक भएर पनि बिक्री नगरेको जानकारी प्राप्त भएमा तत्काल खबर गर्न उपभोक्तालाई आग्रह गरेको छ। यस्तो गतिविधि देखिएमा जिल्ला प्रशासन कार्यालय,काठमाडौंका सूचना अधिकारीको फोन नं ९८५१३३८३२२  मा जानकारी दिन भनिएको छ। प्रशासनले जिल्लाभर नै ग्यासको आपूर्ति र वितरणमा अनुगमन गरिरहेको छ । तोकिएको मूल्यभन्दा बढी रकम लिनेलाई पनि कालोबजारीसम्बन्धी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रसाशनले स्पष्ट पारेको छ।...
स्कुटरको डुब्लुकेट साँचो बनाएर चोरी,चोर्नेसँग २१ थान साँचो

स्कुटरको डुब्लुकेट साँचो बनाएर चोरी,चोर्नेसँग २१ थान साँचो

अपराध, ताजा अपडेट, बिशेष, समाचार
६ भदौं,काठमाडौं ।काममा–२६ स्थित गोङ्गबुबाट पक्राउ परेका एक व्यक्तिबाट प्रहरीले २१ वटा साँचो बरामद गरेको छ । आरोपीले चोरीमा प्रयोग गर्ने विभिन्न कम्पनीको साँचो बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्ल घर भएका ५४ वर्षीया उनले बेलाबेला काठमाडौँ आउने र पार्किङ गरेर राखिएको स्कुटरको डिकीबाट चोर्ने दाउ गर्छन्। मोबाइलमा कुरा गरेजस्तो गरेर स्कुटरको डिकीमा साँचो घुसार्ने र खुलेपछि जे भेटिन्छ त्यही चोरेर भाग्ने उनको अपराध शैली भएको एसपी कार्कीले बताए। उनीमाथि प्रहरी वृत्त महाराजगन्जले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको बताइएको छ।...
सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, विचार, समाचार
२ भदौ,काठमाडौं ।सार्वजनिक यातायातमा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय र ४३ वर्षीय पुरुष छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।  ...
ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२८ साउन,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको हो। जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको थियो। अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम ९१४.१८५ केजी पाइएको प्रशासनले जनाएको छ। उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत तोकिएको भन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर...
काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
२५ साउन,काठमाडौँ। काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गत साउन २२ गते नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेहरूमा देशका विभिन्न जिल्लामा घरभइ हाल नयाँ बसपार्क बस्ने ३१ वर्षीय युवा, गोंगबु बस्ने ३३ वर्षीय युवा ,नयाँ बसपार्क बस्ने ३३ वर्षीय युवा र ३१ वर्षीय युवा रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ७ थान मोबाइल, ५७ हजार ९६ रुपैयाँ नगद, २ थान ताल्चा र १ थान ह्याक्सो ब्लेडसमेत बरामद गरेको छ । साउन २२ गते दिउँसो वनस्थली क्षेत्रमा लुटपाट गरी फरार भएका उनीहरूलाई घटनाको केही समयभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमत...
ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

अपराध, अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२२ साउन, काठमाडौं ।खाना पकाउने ग्यास लुकाउने,कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा कारबाही गर्ने भएको छ। वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा जारी सूचनामा कालोबजारी गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुने उल्लेख छ। विगत केही समयदेखि बजारमा ग्यास सहजरुपमा नपाएर उपभोक्ताहरु मर्कामा छन्।ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाइछिपाइ आफूनिकट व्यक्ति,होटल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरिरहेको उजुरी आएपछि विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु सहज रूपमा तोकिएको मूल्यमा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो,’ विभागद्वारा जारी सूचनामा छ,‘ग्यास सिलिन्डर लुकाइछिपाइ बिक्री वितरण गर्नु, कृत्रिम अभाव सिर्जना गर्नु,कालोबजारी गर्...
काठमाडौँ नागार्जुनमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

काठमाडौँ नागार्जुनमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

अपराध, कानुन, ताजा अपडेट, बिशेष, समाचार
२२ साउन,काठमाडौँ ।काठमाडौँको नागार्जुन नगरपालिका स्थीत हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नं ९ घर भई हाल काठमाडौँको कपन बस्दै आएका २३ वर्षीय युवा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउन १९ गते राति करिब १०ः१५ बजेको समयमा नागार्जुन नगरपालिका वडा नं ८ स्थित सिभान्स सप्लायर्स हार्डवेयर पसलका सञ्चालकमाथि चक्कु प्रहार भएको थियो । घटनालगत्तै आक्रमणकारी फरार भएका थिए। घटनाको सूचना पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई साउन २० गते कोटेश्वरबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार उनीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुस...