अपराध

स्कुटरको डुब्लुकेट साँचो बनाएर चोरी,चोर्नेसँग २१ थान साँचो

स्कुटरको डुब्लुकेट साँचो बनाएर चोरी,चोर्नेसँग २१ थान साँचो

अपराध, ताजा अपडेट, बिशेष, समाचार
६ भदौं,काठमाडौं ।काममा–२६ स्थित गोङ्गबुबाट पक्राउ परेका एक व्यक्तिबाट प्रहरीले २१ वटा साँचो बरामद गरेको छ । आरोपीले चोरीमा प्रयोग गर्ने विभिन्न कम्पनीको साँचो बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्ल घर भएका ५४ वर्षीया उनले बेलाबेला काठमाडौँ आउने र पार्किङ गरेर राखिएको स्कुटरको डिकीबाट चोर्ने दाउ गर्छन्। मोबाइलमा कुरा गरेजस्तो गरेर स्कुटरको डिकीमा साँचो घुसार्ने र खुलेपछि जे भेटिन्छ त्यही चोरेर भाग्ने उनको अपराध शैली भएको एसपी कार्कीले बताए। उनीमाथि प्रहरी वृत्त महाराजगन्जले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको बताइएको छ।...
सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरी फरार हुने २ जना पक्राउ

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, विचार, समाचार
२ भदौ,काठमाडौं ।सार्वजनिक यातायातमा चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय र ४३ वर्षीय पुरुष छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले २७ साउनमा पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायात चढी एक व्यक्तिले गलामा लगाएको सुनको सिक्री चोरी गरी फरार भएको पाइएको प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।  ...
ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

ग्यास सिलिन्डरमा ठगी,पौने ३ लाख बढी जरिवाना

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२८ साउन,काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लि. लाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरेको छ।ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फर्मलाई कारबाही गरेको हो। जरिवानासहित कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार, अनुगमन टोलीले उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ केजी मात्र ग्यास भेटिएको थियो। अन्य ६३ वटा सिलिन्डरको औसत तौल पनि मापदण्डभन्दा कम ९१४.१८५ केजी पाइएको प्रशासनले जनाएको छ। उद्योगले प्रयोग गर्ने खाली सिलिन्डरको तौल परीक्षण गर्दा समेत तोकिएको भन्दा १०० देखि १५० ग्रामसम्म बढी देखिनुले उपभोक्तालाई कम ग्यास दिएर...
काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाट गर्ने चार जना पक्राउ

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
२५ साउन,काठमाडौँ। काठमाडौँको वनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गत साउन २२ गते नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेहरूमा देशका विभिन्न जिल्लामा घरभइ हाल नयाँ बसपार्क बस्ने ३१ वर्षीय युवा, गोंगबु बस्ने ३३ वर्षीय युवा ,नयाँ बसपार्क बस्ने ३३ वर्षीय युवा र ३१ वर्षीय युवा रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ७ थान मोबाइल, ५७ हजार ९६ रुपैयाँ नगद, २ थान ताल्चा र १ थान ह्याक्सो ब्लेडसमेत बरामद गरेको छ । साउन २२ गते दिउँसो वनस्थली क्षेत्रमा लुटपाट गरी फरार भएका उनीहरूलाई घटनाको केही समयभित्रै प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप अनुमत...
ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कडा कारबाही गरिने,कृत्रिम अभाव सिर्जना गर्नेबारे ११३७ मा सूचना दिनु

अपराध, अर्थतन्त्र, कानुन, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२२ साउन, काठमाडौं ।खाना पकाउने ग्यास लुकाउने,कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा कारबाही गर्ने भएको छ। वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा जारी सूचनामा कालोबजारी गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुने उल्लेख छ। विगत केही समयदेखि बजारमा ग्यास सहजरुपमा नपाएर उपभोक्ताहरु मर्कामा छन्।ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाइछिपाइ आफूनिकट व्यक्ति,होटल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरिरहेको उजुरी आएपछि विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु सहज रूपमा तोकिएको मूल्यमा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो,’ विभागद्वारा जारी सूचनामा छ,‘ग्यास सिलिन्डर लुकाइछिपाइ बिक्री वितरण गर्नु, कृत्रिम अभाव सिर्जना गर्नु,कालोबजारी गर्...
काठमाडौँ नागार्जुनमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

काठमाडौँ नागार्जुनमा हार्डवेयर व्यापारीमाथि चक्कु प्रहार गर्ने युवक पक्राउ

अपराध, कानुन, ताजा अपडेट, बिशेष, समाचार
२२ साउन,काठमाडौँ ।काठमाडौँको नागार्जुन नगरपालिका स्थीत हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नं ९ घर भई हाल काठमाडौँको कपन बस्दै आएका २३ वर्षीय युवा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउन १९ गते राति करिब १०ः१५ बजेको समयमा नागार्जुन नगरपालिका वडा नं ८ स्थित सिभान्स सप्लायर्स हार्डवेयर पसलका सञ्चालकमाथि चक्कु प्रहार भएको थियो । घटनालगत्तै आक्रमणकारी फरार भएका थिए। घटनाको सूचना पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई साउन २० गते कोटेश्वरबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार उनीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुस...
रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

रश्मी रिजाल मृत्यु प्रकरण : भेटियो सीसीटीभी कभरेज

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१० साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी रश्मी रिजालबारे अनुसन्धान गरेको प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ । घटनास्थलको सीसीक्यामेरामा रिजालको गतिविधि कैद भएको फुटेज फेला परेको हो । जसमा रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिएको प्रहरीले बताएको छ । रिजाल पछाडिको सिटमा बसेको केहीबेरमा गाडीबाट धुवा निस्कन थालेको दृश्य सीसीभीटीमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् । ‘सीसीटीभी फुटेज हेर्दा कुनै संकास्पद घटना देखिँदैन ।तेस्रो पक्षको उपस्थिति पनि देखिँदैन,’ एसपी भट्टराई भन्छन् । प्रारम्भिक अनुसन्धानमा कुनै संकास्पद नदेखिएको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ । तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ ...
सिन्धुपाल्चोकमा अवैध सञ्चालित दुई अस्पताल र एक क्लिनिकमा सिल

सिन्धुपाल्चोकमा अवैध सञ्चालित दुई अस्पताल र एक क्लिनिकमा सिल

अपराध, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१० साउन, सिन्धुपाल्चोक । मापदण्ड विपरीत र अनुमति नलिई सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकमा प्रशासनले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय र सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रालिमा सिल गरिएको जनाएको हो । अनुगमन क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको र अनधिकृत ल्याब तथा एक्सरे सेवा सञ्चालन गरिरहेको पाइएको टोलीले उल्लेख गरेको छ । यसैबीच, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले पनि प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । कानुनी प...
यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ असार , काठमाडौं । यूएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलियासमेत पठाउने भन्दै ठगी गर्ने चार कन्सल्टेन्सीका ८ जना सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयमातहतको आधिकारिक निकायबाट अनुमति लिएको पाइएको प्रहरीले जनाएको छ ।...
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको  उद्धार

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको उद्धार

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
२६ असार, तनहुँ। तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् । नदीको बिचम अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीको भनाइ छ ।...