अपराध

‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट फिर्ता गर्न निर्देशन

‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट फिर्ता गर्न निर्देशन

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
१५ माघ,काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर कौशलटारस्थित ‘ चाहना पाउरोटी उद्योग प्राली’ ले उत्पादन गरेको ‘उत्सव’ ब्रान्डका ६ सय २४ प्याकेट पाउरोटी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले प्राप्त उजुरीका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उक्त उद्योगको हालै स्थलगत निरीक्षण गरेको थियो। निरीक्षण क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य पाइए पनि उत्पादित वस्तुको लेबलमा भने गम्भीर त्रुटि भेटिएको विभागले जनाएको छ। अनुगमन क्रममा उक्त उद्योगले उत्पादन गरेको उत्सव ब्रान्डको मिल्क ब्रेडको लेबलमा उत्पादन र उपभोग्य मिति गलत तरिकाले छापिएको फेला परेको थियो। ब्रेडको प्याकेटमा उत्पादन मिति २३।०२।२६ र उपभोग्य मिति ०१।०२।२६ उल्लेख गरी बिक्री वितरण भइरहेको पाइएको हो।यस्तो गल्ती प्रिन्टका कारण उपभोक्ता झुक्किने र स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि विभ...
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति

अन्तर्राष्ट्रिय, अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२ कार्तिक,काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ। कतारको दोहामा दुई देशका प्रतिनिधिबीच भएको लामो छलफलपछि आइतबार युद्धविराम गर्ने सहमति भएको कतारको विदेश मन्त्रालयले जनाएको छ। कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा तत्काल युद्धविराम गर्ने र स्थायी शान्ति कायम गर्नका लागि दुवै देशले संयन्त्र गठन गर्ने सहमति भएको पनि कतारी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। झन्डै १३ घन्टासम्म चलेको वार्तमा पाकिस्तानबाट रक्षामन्त्री ख्वाजा आसिफ र गुप्तचर प्रमुख जनरल असीम मलिकले नेतृत्व गरेका थिए भने अफगानिस्तानबाट रक्षामन्त्री मौलवी मुहम्मद याकुब र राष्ट्रिय गुप्तचर एजेन्सीका प्रमुख सहभागी थिए। अक्टोबर ११ देखि १५ सम्म स्पिन बोल्डक, चमन, कुर्म, पक्तिया, पक्तिका, कुनर, खोस्ट, कन्दाहार र हेलमन्दमा पाकिस्तान र अफगानिस्तानको सेनाबीच भिडन्त भएको थियो।...
१३ वर्षीया विद्यार्थी बलात्कार अभियोगमा प्रधानाध्यापक पक्राउ

१३ वर्षीया विद्यार्थी बलात्कार अभियोगमा प्रधानाध्यापक पक्राउ

अपराध, कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
२ कार्तिक,खोटाङ । आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन्। १३ वर्षीया आफ्नै विद्यार्थी बालिका (छात्रा)लाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन्। असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार बालिका प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी थिइ्न।...
आतंक बढेको भन्दै कास्की प्रहरीले थाल्यो अपरेसन ३६५

आतंक बढेको भन्दै कास्की प्रहरीले थाल्यो अपरेसन ३६५

अपराध, ताजा अपडेट, बिशेष, समाचार
२९ असोज,पोखरा । केही दिनअघि पोखरा लेखसाइडमा बुलेट मोटरसाइकल पड्काउँदै कुद्ने,आतंक मच्चाउने र व्यवसायी कुट्ने गरेको पाइएपछि कास्की प्रहरीले अपरेसन ३६५ थालेको छ । यस्ता घटना हुन थालेपछि होटल संघलगायत पोखराका पर्यटन व्यवसायीका संस्था र व्यवसायीहरूले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षाको वातावरण खल्बलिँदै गएको चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरेका छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौमा पोखरामा भएका सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट र आगजनीमा समेत स्वरूप परिवर्तन गरिएका बुलेट,क्रस फायर,पल्सर, भीआरजस्ता मोटरसाइकल प्रयोग भएको बताइएको छ। नेतादेखि व्यवसायीसम्मको घर जलाउने,लुटपाट गर्नेदेखि प्रहरीको हतियार खोसेर गायबसमेत भएकाले प्रहरीले यस्ता मोटरसाइकलमाथि निगरानी गरिरहेको थियो ।नक्कली पेस्तोल देखाउँदै चोरी गर्ने एकजना सोमबार मात्रै पनि पक्राउ परेका थिए । पोखर...
श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२७ असोज,काठमाडौं ।श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(७, गौरीघाट मिलनचोकमा डेरा गरी बस्ने ३५ वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरेको हो। उनले ४० वर्षीया श्रीमतिलाई हत्या गरेको अभियोग लागेको छ। ती महिला आइतबार दिउँसो आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले हत्यामा संलग्नको आरोपमा उनलाईलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच वादविवाद भई झगडा हुँदा कुटपिट तथा ढुङ्गा प्रहार गरी श्रीमतिको हत्या गरेको खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।...
हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त

हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२ असोज,काठमाडौं।गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा घुसपैठ गरेको समुहले आगजनी गरेको कालिमाटीको प्रहरी वृत्त धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरुले बुधबार सफा गरेका छन् । त्यहाँ दुई वटा आधुनिक भवन जलेको अवस्थामा छन् ।भने,कार्यालय परिसरमा रहेका १६२ वटा मोटरसाइकल र ८ वटा निजी गाडी पनि जलेर खरानी भएका छन् । वृत्तबाट प्रदर्शनकारीहरूले एउटा सटगन समेत लुटेर लगेको प्रहरीले जनाएको छ ।तर सेनाले सो सटगन बरामद गरिसकेको जानकारी प्राप्त भएको छ । वृत्तमा आगजनी हुँदा करिब ३१ करोड क्षति भएको आँकलन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको भनाई छ। सफा गरेर भवनमा रंगरोगन गर्ने र त्यहिँबाट शान्ति सुरक्षाको काम सुरु गर्ने कालिमाटी प्रहरीको तयारी छ।  ...
बनस्थलीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

बनस्थलीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
२ असोज, काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय जसबहादुर मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका मगरलाई आज बिहान साढे ५ बजे बसले ठक्कर दिएको थियो ।...
मृतक जेनजीको पोस्टमार्टम रिपोर्टले देखायो गोलीले टाउको र मुटु छेडेको घाउ

मृतक जेनजीको पोस्टमार्टम रिपोर्टले देखायो गोलीले टाउको र मुटु छेडेको घाउ

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
३१ भदौ,काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टम गर्दाको रिपोर्टअनुसार ३६ जनाको कम्मरभन्दा माथिको भागमा गोली लागेर मृत्यु भएको छ । फोरेन्सिक विभागका प्रमुख ड. गोपाल चौधरीले सबै मृतकको कम्मरमाथि बुलेट भेटिएको बताए । त्यसमा पनि अधिकांशको टाउको र छातीमा गोली लागेको उनले जानकारी दिए।हरेक सवमा एकएक वटा बुलेट देखिएको डा.चौधरीले जानकारी दिएका छन् । उनका अनुसार तीनजनाको भने चोटपटकका कारण अत्यधिक रक्तस्राव र करङ भाँचिएको कारणले मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । पोस्टमार्टम रिपोर्टको जानकारी दिँदै उनले भने, ‘कतिपयको टाउको र मुटु नै छेडिएर गोली बाहिर निस्केको थियो भने कतिपयको शरीरका विभिन्न भागमा गोली बसेका थिए ।’ टाउको र छातीमा गोली लागेपछि मान्छेको तत्काल नै मृत्यु हुने उनको भनाइ छ । हालसम्म फोरेन्स...
सरकारले जेनजी स्मारक पार्क बनाउने

सरकारले जेनजी स्मारक पार्क बनाउने

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३० भदौ, काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा  ‘जेनजी स्मारक पार्क’  बनाउने निर्णय गरेको छ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरुको सम्झनामा उक्त पार्क बनाउने सैद्धान्तिक निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । तर, त्यसका लागि ठाउँ भने तोकि नसकेको बताइएको छ ।  हालसम्म जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते (८सेप्टेम्बर) का दिन युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीले गोली चलाउँदा १९ जनाले र त्यसपछि अन्य व्यक्तिहरुसहित सो संख्यामा  मृत्यु भएको छ । त्यसमा  प्रदर्शनकारी ५९ जना,कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना छन् ।सरकारका अनुसार १३४ जना प्रदर्शनकारी र केही प्रहरी घाइते भएका छन् ।...
जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
३० भदौं,नागार्जुन ।काठमाडौंको नागार्जुन नगरपालिकाका पूर्वमेयर मोहन बहादुर बस्नेतले सेप्टेमबर ८ र नौ मा भएको जेनजीको आन्दोलनको समयमा नागार्जुन–४ सितापाइलामा रहेको आफ्नो साढे ७ तले कम्प्लेक्स प्रभु बैंकबाट साढे १० करोड लोन लिएर भरखर मात्र बनाएको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी दुइ कार्यकालसम्म मेयर बनेका बस्नेतले आँफुले कहिल्यै भ्ष्टाचार नगरेको तर प्रतिशोधको भावना राखेर घर जलाइदिएको बताए । उनले घरको सीसी टिभी फुटेजमा घर जलाउने व्यक्तिहरु आफूले पहिचान गरिसकेको र समय आयपछि कारवाही गरिने चेतावनी समेत दिए । घर जलाइरहँदा आफू घरभित्रैरहेको र सहयोगीको साथमा भाग्न सफल भएको पनि बताए । केही महिना अगाडी विशेष अदालतबाट भ्रष्टाचार गरेको ठहर भएपछि निलम्बित भएका मेयर बस्नेत आफुले कुनै गल्ती गरेको भए आफुलाई टुडीखेलमा लगेर घुमाए पनि सहने तर आफु निर्दाेष रहेकाले न्याय पाउन पर्ने ...