अपराध

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो,२ जनाको मृत्यु

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो,२ जनाको मृत्यु

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२६ भदौ काभ्रेपलाञ्चोक । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाराबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहको छ । अहिले कारागार नियन्त्रणमा लिइसकेको छ।...
काठमाडौंको गोंगबुमा भेटियो ४ करोड

काठमाडौंको गोंगबुमा भेटियो ४ करोड

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१७ भदौ,काठमाडौँ ।काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो । छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिएका छन् । उनले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।...
महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार

महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
१९ साउन,नयाँ दिल्ली।भारतको राजधानी नयाँ दिल्लीको ‘भीआईपी’ एरियामा सोमबार एक महिला सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार लोकसभा सांसद आर सुधा सोमबार ‘मर्निङ वाक’ मा रहेको समयमा उक्त घटना भएको हो । उनले आफ्नो घाँटीबाट सिक्री तानेर लुटेराले लगेको बताएकी छन् ।लुटेरा स्कुटरमा आएको र उसले हेलमेटले अनुहार ढाकेका कारण आफूले पहिचान गर्न नसकेको उनको भनाइ छ। प्रतिकारका क्रममा आफूलाई विभिन्न ठाउँमा चोटसमेत लागेको पनि उनले उल्लेख गरेकी छिन् । घटना लगत्तै उनले गृहमन्त्री अमित शाहलाई पत्र लेखेर जानकारी गराएकी छन् ।उनले चाणक्यपुरीजस्तो दिल्लीको सुरक्षित क्षेत्रमा एक महिला सांसदमाथि यसप्रकारको घटना हुन्छ भने महिलाहरू कहाँ सुरक्षित हुन सक्छन् भनेर प्रश्नसमेत गरेकी छन्। दिल्ली प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ।समाचार स्रोत ः एजेन्सी ...
फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

अपराध, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
१३ साउन,काठमाडौं–फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–६ बस्ने दोलखा शैलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय युवकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। ती युवकलेले काठमाडौं महानगरपालिका–३१ क्षेत्रमा आफू काठमाडौं महानगरपालिकाको फोहोरमैलाको कर्मचारी हुँ भनी रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। उनले हाल सम्म १३ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  ...
एम्बुलेन्समै महिलामाथि बलात्कार,चालकसहित २ जना पक्राउ

एम्बुलेन्समै महिलामाथि बलात्कार,चालकसहित २ जना पक्राउ

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
११ साउन,काठमाडौं । बिहार । बिहारको गयामा होमगार्ड भर्ती प्रक्रियामा सहभागी एक महिलामाथि एम्बुलेन्सभित्रै बलात्कार भएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले एम्बुलेन्सका चालक र थप एक जनालाई नियन्त्रणमा लिएको छ। गयाका सहर प्रहरी सुपरिटेन्डेन्ट रामानन्द कुमार कौशलका अनुसार बोधगयास्थित बीएमपी–१७ को परिसरमा होमगार्ड भर्तीका लागि दौड परीक्षण हुँदै थियो। दौडका क्रममा एक महिला उम्मेदवार बेहोस भएपछि उनलाई तत्कालै एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो। ‘महिला उम्मेदवार बेहोस भएपछि त्यहाँ उपस्थित प्रहरी र अन्य व्यक्तिहरूको सहयोगमा उनलाई अस्पताल लैजाने व्यवस्था गरियो,’ एसपी कौशलले भने। तर अस्पताल पुगेपछि दिउँसो करिब २ः३० बजे ती महिलाले एम्बुलेन्समा बलात्कार र दुर्व्यवहार भएको बताइन्। दुवै शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ तर प्रहरीले आरोपितहरुबाट सन्तोषजनक जवाफ नपाएको...
अनलाइनखबरका पत्रकारलाई घुस दिन खोज्ने कम्पनी रजिस्ट्रारलाई स्पष्टीकरण,मन्त्रालय तानियो

अनलाइनखबरका पत्रकारलाई घुस दिन खोज्ने कम्पनी रजिस्ट्रारलाई स्पष्टीकरण,मन्त्रालय तानियो

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
७ साउन, काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन सिस्टममा चलखेल गरी खुलेआम घुस उठाइरहेको विषयमा निरन्तर समाचार लेखिरहेको अनलाइनखबरका पत्रकार घुस दिने प्रयास गर्ने कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरी र सहायक रजिस्ट्रारद्वय रविन कार्की र भीमप्रसाद पराजुलीलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले स्पष्टीकरण सोधेको छ । सहसचिवस्तरका रजिस्ट्रार गिरी र शाखा अधिकृत स्तरका सहायक रजिस्ट्रार कार्की र पराजुलीलाई विभागीय कारबाही गर्ने प्रयोजनका लागि निजामती सेवा ऐनको दफा ६६ अनुसार छानबिन समितिले स्पष्टीकरण सोधेको उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अनलाइनखबरलाई जानकारी दिए । ‘घुस दिने प्रयास गर्ने तीनै जना अधिकारीलाई विभागबाट मन्त्रालय तानिएको छ ।ऐनको दफा ६६ र नियमावली अनुसार उनीहरूलाई स्पष्टीकरण पनि सोधिएको छ,’ सचिव राउतले भने । निजामती सेवा ऐनको परिच्छे...
१४ वर्षपछि स्वस्तिकाले पाइन् आमाको काख,बीच बाटोमा छोडेर हिँड्ने बाबुको खोजी

१४ वर्षपछि स्वस्तिकाले पाइन् आमाको काख,बीच बाटोमा छोडेर हिँड्ने बाबुको खोजी

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काभ्रेपलाञ्चोक । लिखेल ७मा २०६८ सालमा आफ्नी अवोध छोरीलाई बीच बाटोमा छोडेर बाबु फरार भएपछि सडकमा अलपत्र परेकी स्वस्तीकालाई अभियन्ता अर्जुन भूषालको पहलमा भेटिएकी छन् । उनका अनुसार हराएकी उनलाई धुलिखेलकै राधा माकजुले फेला पारिन् ।एक वर्ष आफ्नो साथमा राखेर धुलिखेल इङ्गलिस बोर्डिङ स्कुलमा पढाइन् ।तर,उनी धुलिखेलको बसाइ छाडेर अमेरिका जाने भइन् ।त्यसपछि स्वस्तिकालाई शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा राखियो । सिद्धार्थ बालगृहमा बसेर १० कक्षासम्म धुलिखेलकै सञ्जीवनी नमुना माध्यमिक विद्यालय र ११ र १२ कक्षा बनेपामा रहेको आदर्श विद्या मन्दिरमा अध्ययन गरिन् । नागरिकता बनाउनका लागि परिवार खोज्न स्वस्तिकालाई आश्रय दिएको सिद्धार्थ बालगृहका सञ्चालक सर्मिला श्रेष्ठले धेरै प्रयास गरिन् । तर सकिनन् । आफूले नसकेपछि श्रेष्ठले यो जिम्मेवारी सामाजिक अभियन्ता अर्जुन भुसाललाई सुम्पिएकी थिइ...
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

अपराध, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२,असार काठमाडौं। पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा जोडिएर कारवाहीमा परेका पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । बुधबार विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । विशेषले गरेको म्याद तामेलीपछि नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए । पूर्व प्रधानमन्त्री नेपालविरूद्ध पतञ्जली योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार ...
विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
४, असार काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ । एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्‍याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।...
१८ लाख रुपियाँसहित दुईजना पक्राउ

१८ लाख रुपियाँसहित दुईजना पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
३०, जेठ काठमाडौं । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपियाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । जेठ ३० गते भारतबाट दुईवटा मोटरसाइकलमार्फत नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचको क्रममा रकमसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये वीरगञ्ज–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारीको साथबाट बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा १३ लाख रुपियाँ र बाराको प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्ताको साथबाट ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा ५ लाख रुपियाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद रकममा १ हजार दरका १ हजार ८२ थान र पाँच सय दरका १ हजार ४३६ थान नोट रहेका छन्। ती व्यक्तिहरूले उक्...