
१ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ ।
एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताइएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार लेबनानभर ५०० बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ ।
समाचार अनुसार त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् ।
