
२ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ ।
पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार,भोली चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
यसका लागि सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजेभित्र काठमाडौं उपत्यकामा तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ।
अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय अभ्यास, पार्टी नीति तथा आगामी कार्यदिशाबारे जानकारी गराइने जनाइएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ सांसद जितेको छ।
