
२७ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिका – १६ बालाजु हाइटस्थित सृजनसिल चोकमा एक डेरा गरी बस्ने व्यक्तिको कोठाबाट लाखौँको धनमाल चोरी भएको छ। रुकुम मुसिकोट नगरपालिका–२ घर भई हाल त्यहाँ बस्दै आएका २५ वर्षीया बिमला बिक नेपालीको कोठाबाट सुनका गरगहना चोरी भएको हो।
सोमबार दिउँसो कोठामा कोही नभएको मौका छोपी करिब ७ लाख ४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
