
७ जेठ,काठमाडौँ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको महको गुणस्तर मापदण्डअनुसार नभएको भेटिएको हो ।
ब्याच नम्बर ‘NB00477’ रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार डाबर नेपाल प्रा. लि. जितपुर सिमरा बाराका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउन समेत निर्देशन दिएको जनाएको छ ।
