
७ जेठ, काठमाडौं । अघिल्लो दिन ३० अंक बढेको सेयर बजार बिहीबार १२.३६ अंक घटेको छ । नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ ।
बजार घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । आज बजार दिनभरजसो रातो अंकमा रह्यो ।
७२ कम्पनीको मूल्य बढ्यो भने १८८ को घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । सबैजसो समूहका सूचक घटेका छन् ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स छन् ।
