अपराध

सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२८, जेठ काठमाडौं । पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरोको अनुरोधमा विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधको कसुरमा पाठकविरुद्ध यो पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । प्रहरी स्रोतका अनुसार, पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले काठमाडौँ जिल्ला अदालतसँग पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो। अदालतले उक्त अनुरोध स्वीकृत गर्दै पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। यद्यपि, उजुरी कसले र कुन विशिष्ट आरोपमा दर्ता गराएको भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । प्रहरी उच्च स्रोतले भने, “दिलभुषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । बाँकी विषय अनुसन्धानकै क्रममा छन्।”पाठकले करिब तीन हप्ताअघि आफ्नो युट्युब च्यानलमा ‘टफ टक’ कार्यक्रमअन्तर्गत ‘टफ एक्स...
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१८, जेठ काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा तत्कालीन सञ्चालक समितिका सभापति राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शनिबार बेलहिया नाकाबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार रायको संलग्नतामा करिब २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउपछि रायलाई रूपन्देही जिल्ला अदालतमा पेस गरिएको छ।...
त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड,शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी

त्रिवि उपकुलपति कार्यकक्षमा नेविसंघको तोडफोड,शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी

अपराध, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१४ जेठ,काठमाडौं ।नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.खड्क केसी र शिक्षाध्यक्ष प्रा.दुविनन्द ढकालको कार्यकक्षमा आज तोडफोड र तालाबन्दी गरेका छन् । नेविसंघले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै त्रिवि पदाधिकारीहरुको कार्यकक्षमा तोडफोड र तालाबन्दी गरेको बताइएको छ । त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने उल्लेख  छ ।तर, नेविसंघका कार्यकर्ताहरुले भने शैक्षिक क्यालेण्डर विपरित यतिबेला विद्यार्थीको भर्ना लिन दबाब दिएको बताइएको छ । शैक्षिक सत्रको अन्तिममा आएर भर्ना नलिने र क्यालेण्डर अनुसार नै शैक्षिक गतिविधि गर्ने अडान भीसी र रेक्टरले अडान लिएपछि विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको लागि भनेर त्रिविले गत माघ ११ गतेदेखि स्नातक तहको पह...
धर्मगुरु रामबहादुर बम्जन कारागार चलान

धर्मगुरु रामबहादुर बम्जन कारागार चलान

अपराध, ताजा अपडेट, वातावरण, समाचार
१३, जेठ काठमाडौं । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ्ग कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए । यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु। पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यसविरूद्ध उनले उच्च अदालत जनकपु...
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
४, जेठ काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेट मात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार चालु आव को दश महिनामा प्रदेश सरकारले पुँजीगततर्फ रु. १३ अर्ब दुई करोड ७३ लाख ४७ हजार र चालुतर्फ रु. १२ अर्ब आठ करोड ७३ लाख ९५ हजार गरी रु. २५ अर्ब ११ करोड ४७ लाख ६६ हजार बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आव का लागि रु. ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएका बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८ दशमलव ९२ प्रतिशत,...
बलात्कार आरोपमा एक युवक पक्राउ

बलात्कार आरोपमा एक युवक पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
११, वैशाख काठमाडौं । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरीका आधारमा दमाइलाई पक्राउ गरिएको जानकारी दिए । उनले युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको आरोप लागेको छ । दमाइलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
५ वैशाख,काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ। मायादेवी गाउँपालिका–१ पकडी स्थित उनको निवासमा गएराति गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। शौचालय गएर फर्कने क्रममा चौधरी माथि गोली प्रहार भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अहिले उनको अवस्था खतरामुक्त छ।  ...
दुर्गा प्रसाईं र दिपक खड्का पक्राउ

दुर्गा प्रसाईं र दिपक खड्का पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२९, चैत काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले मेडिकल व्यवसायी प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिए । यही चैत १५ गते तीनकुनेमा पूर्व राजाका पक्षमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा शुक्रबार भद्रपुरबाट नियन्त्रणमा लिइए आवश्यक अनुसन्धनका लागि काठमाडौं ल्याइँदै गरेको प्रवक्ता आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।      ...
तीनकुने घटनामा थप ६ जना पक्राउ

तीनकुने घटनामा थप ६ जना पक्राउ

अपराध, वातावरण, समाचार
२६, चैत काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (.एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन् । उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ती दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपिल राज बोहराले बताए । योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरुको पक्राउ पर्ने संख्या ७३ पुगेको छ ।  ...
मन्दिरमा पिसाब छर्कने महिला पक्राउ

मन्दिरमा पिसाब छर्कने महिला पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
२३,चैत काठमाडौं। काठमाडौँको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्‍वर मन्दिरमा पिसाब छर्केको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेकी छन् । प्रहरी वृत्त स्वयम्भूका अनुसार गत पुस २६ गते मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले बोतलमा पिसाब लिएर आई आदेश्‍वर मन्दिर भित्रको मूर्ति समेतमा पिसाब फाली फरार भएको निवेदन प्राप्त भएको थियो । सोभन्दा पछि पनि गर्तौलाले फागुन २१ गते सोही आदेश्‍वर मन्दिरमा आई पिसाब छर्केको खुलेको थियो । उनले नागार्जुन नगरपालिका-५ स्थित चुण्डेश्‍वर मन्दिर, सीतापाइलास्थित गणेश मन्दिर, हरिसिद्धी मन्दिरमा समेत पिसाब छर्केर फोहोर तथा दूषित कार्य गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्ने क्रममा गर्तौलालाई चै...