जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

३० भदौं,नागार्जुन ।काठमाडौंको नागार्जुन नगरपालिकाका पूर्वमेयर मोहन बहादुर बस्नेतले सेप्टेमबर ८ र नौ मा भएको जेनजीको आन्दोलनको समयमा नागार्जुन–४ सितापाइलामा रहेको आफ्नो साढे ७ तले कम्प्लेक्स प्रभु बैंकबाट साढे १० करोड लोन लिएर भरखर मात्र बनाएको बताएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी दुइ कार्यकालसम्म मेयर बनेका बस्नेतले आँफुले कहिल्यै भ्ष्टाचार नगरेको तर प्रतिशोधको भावना राखेर घर जलाइदिएको बताए ।

उनले घरको सीसी टिभी फुटेजमा घर जलाउने व्यक्तिहरु आफूले पहिचान गरिसकेको र समय आयपछि कारवाही गरिने चेतावनी समेत दिए ।

घर जलाइरहँदा आफू घरभित्रैरहेको र सहयोगीको साथमा भाग्न सफल भएको पनि बताए । केही महिना अगाडी विशेष अदालतबाट भ्रष्टाचार गरेको ठहर भएपछि निलम्बित भएका मेयर बस्नेत आफुले कुनै गल्ती गरेको भए आफुलाई टुडीखेलमा लगेर घुमाए पनि सहने तर आफु निर्दाेष रहेकाले न्याय पाउन पर्ने जिकिर समेत गरे।

आगजानीमा बास्तविक जेनजेहरुको संलग्नता हुन नसक्ने भन्दै उनले यसमा आफ्नै पार्टी लगायत विभिन्न राजनीतिक दलका व्यक्तिहरुको संलग्नता रहेको सीसिटिभी फुटेजमा स्पष्ट देखिएको जानकारी दिए।

आफ्नो ५ दशकभन्दा लामो राजनीतिक जिवनमा निष्ठाको राजनीति गरेको तर आफुलाई फसाइएको भन्दै राज्य र यो आन्दोलन दुबै तिरबाट आफु पीडित भएको पनि दुःखेसो पोखे ।

आगजनीमा संलग्नहरुलाई आतंककारी र जेनजीका नामका छद्मभेषी भन्दै उनले अरुको लुटेर खान पल्केकाहरुले यस्तो काम गरेको बताए ।

हाल आफ्नो पहिलाको घर बेचीसकेको र घरसहित सबै सामाग्री जलेपछि हाल पाटीको बास र कपडाहरु पनि मागेर लगाउन परिरहेको दुःखेसो पनि पोखे ।

उनले यस घट्नाको छानविन गरि दोषीलाई कारवाही गर्न पनि नयाँ बनेको अन्तरिम सरकारसँग माग गरेका छन् ।